विदेश पठाउने भन्दै करिब २ करोड ठगी गर्ने एक जना पक्राउ

Posted on: 07 Aug, 2024

साउन २३, काठमाडौँ । बैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिन्छु भनी करिब २ करोड ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहा करजन्हा न. पा. वडा नं. ६ स्थाई घर भई हाल ललितपुरको ईमाडोल बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुर रहेका छन् ।

उनले काठमाडौँ बसुन्धरा स्थित ओम इन्टरनेशनल प्रा. लि.  का संचालक रबिन्द्र सापकोटाको साझेदारीमा ८५ जना युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारि बैदेशिक रोजगारीका लागी दुबई, कतार, साउदी, मलेशिया, कुबेत लगाएतका देश पठाउने भन्दै अन्दाजी रु. १,९७,१७,०००/- (अक्षरुपि एक करोड सन्तानब्बे लाख सत्र हजार) रकम लिई सम्पर्क बिहिन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीको लागिउनलाई  वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!