२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समितिसमक्ष छविलालको बयान : रकम कसरी आयो भन्नेबारे गोरखा मिडियाको बोर्ड बैठकमा सल्लाह भएन(बयानको पूर्णपाठ)

४ आश्विन २०८१, शुक्रबार १०:३७

असोज ४, काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा गोरखा मिडिया प्रालिका तत्कालीन सेयर होल्डर तथा पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकमबारे आफू जानकार नभएको दाबी गरेका छन्।

जोशीले समितिसमक्ष बयान दिँदै आफूले कुनै पनि सहकारीबाट रकम नलिएको र सेयर बापत कुनै रकम पनि नदिएको बताएका छन्। “जीबी राई संलग्न कुनै पनि सहकारीबाट मैले कुनै रकम लिएको छैन,” जोशीले स्पष्ट पारेका थिए। उनले गोरखा मिडियामा रहेका ४ लाख २० हजार कित्ता सेयर आफ्नो नाममा देखिए पनि यसबारे आफू अनविज्ञ रहेको दाबी गरे।

‘४ लाख २० हजार कित्ता सेयर तपाईंको नाममा देखिन्छ । पूर्वडीआईजी जस्तो मान्छेले कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर लगत कायम गराउने गरी भएको कम्पनीको माइन्युटमा किन हस्ताक्षर गर्नुभयो ?’ भनेर सोधिएको प्रश्नमा जोशीले ‘सबै कुरा जीबीले मिलाएको’ जवाफ दिएका छन् ।

जोशीले भनेका छन्, ‘गलत काम गर्नुहुन्न भन्ने जानकारी मलाई छ । सेयर बापत मैले कुनै रकम दिएको छैन । यस विषयमा मलाई जानकारी भएन । जीबी राईले आफैं मिलाउनुभएको हो ।’

त्यसैगरी रकमबारे गोरखा मिडियामा छलफल पनि नभएको उनको भनाइ छ ।

‘रवि लामिछाने सेयर होल्डर र म्यानेजिङ डाइरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा हुनुभयो । यो रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषय बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही भएन,’ जोशीले बयानमा भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…