१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

बिदाका यी दिनमा पनि सेवा दिन अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र(सूची)

२४ भाद्र २०८१, सोमबार ०८:४८

भदौ २४,  धनगढी | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपीडी (बहिरंग) लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पर्व बिदा, जात्रा बिदा र जन्मजयन्ती बिदा अन्तरगत पर्ने सार्वजनिक बिदामा पनि अरु दिनजस्तै सरकारी अस्तालबाट सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको हो ।

सर्वसाधारणको सुविधाका लागि उक्त बिदाका दिनमा समेत स्वास्थ्य सम्बन्धी सेवा सञ्चालन गर्न अनुरोध गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

सार्वजनिक सूची अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाखे पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही (ज्यापु दिवस), तमु ल्होसार, माघी पर्व (माघे संक्रान्ति), सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद (ईद उल फित्र) र बगर ईद (ईद उल अजहा)का दिन अरु दिनमा जस्तै सरकारी अस्पतालले ओपीडी सहितका सेवा दिनुपर्नेछ ।

जात्रा बिदा अन्तर्गत गाईजात्रा इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा बिदाका दिनमा पनि अरु दिनमा जस्तै ओपीडी सेवा दिनुपर्नेछ । सार्वजनिक दिवस अन्तरगत गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तराष्ट्रिय महिला दिवसको दिनमा सरकारी अस्पतालले ओपीडी सेवा सहितको सेवा दिनुपर्नेछ । जन्मजयन्ती बिदा अन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का दिन पनि अरु दिनमा जस्तै ओपीडीसहितका सेवा सरकारी अस्पतालले दिनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का