३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

प्रत्यक्षदर्शी भन्छन्– ठूलो ढुंगाले अड्काउँदा मर्स्याङ्दी नदीमा डुब्नबाट जोगियो बस

७ भाद्र २०८१, शुक्रबार ०७:१८

भदौ ७, काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो। 

तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए अनुसार पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको भारतीय पर्यटक बस सडक १ सय ५० मिटर तल नदी किनारमा खसेको हो। उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन।

उक्त बसलाई ठूलो ढुङ्गाले अड्काउँदा बस मर्स्याङ्दी नदीमा डुब्नबाट जोगिएको एक प्रत्यक्षदर्शीले बताएका छन्। बस खसेको केही क्षणमै त्यहाँ पुगेका लमजुङका सुरेन्द्रमान घलेका अनुसार पोखराबाट मुग्लिङतर्फ गइरहेको बस बाटोको छेउमा रहेको सिमेन्टको छेकबार भत्काउँदै मर्स्याङ्दी नदीमा खसेको थियो। 

‘म काठमाडौँबाट लमजुङतर्फ जाँदै थिएँ, पोखराबाट आउँदै गरेको बस भर्खर खसेको रहेछ’, पर्यटन व्यवसायमा संलग्न घलेलेभने, ‘बाटोको छेउमा रहेको सिमेन्टको छेकबारलाई समेत बसले भत्काएको देखियो।’

उनका अनुसार मर्स्याङ्दी नदीमा बस जहाँ अड्किएको छ, त्यहाँ एउटा ठूलो ढुङ्गो छ। 

‘त्यो ढुङ्गोले नअड्काएको भए बस पूरै नदीमा डुब्ने रहेछ’, घलेले भने, ‘मर्स्याङ्दी नदीमा भेल आएकाले अझ ठूलो क्षति हुनसक्थ्यो।’ 

सो दुर्घटनामा हालसम्म १४ जनाको निधन भएको पुष्टि गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’