२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले महाधिवेशन गर्ने विधानमा गर्‍यो संशोधन

५ आश्विन २०८१, शनिबार ०३:२०

असोज ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा दुईपटक महाधिवेशन गर्ने विधानको व्यवस्थालाई संशोधन गरेको छ ।

विधान संशोधन सुझाव कार्यदलले तयार गरेको सुझाव अनुसार १ र २ असोजमा बसेको राष्ट्रिय भेलाले संशोधित विधान पारित गरेको हो ।

पाँच वर्षको अन्तरमा दुईपटक महाधिवेशन गर्ने यसअघिको व्यवस्थालाई हटाइएको छ । यसअघि एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिना देखि ३६ महिनाको फरकमा दुईपटक हुने व्यवस्था हटाएर पाँच वर्षमा एकपटक गर्ने गरी संशोधन गरिएको छ ।

संशोधित विधानमा कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता बाहेकका पदाधिकारी निर्वाचनबाट छनोट गरिने व्यवस्था गरिएको छ । यी तीन पदमा भने सभापतिले मनोनीत गर्नेछन् । १३ जना पदाधिकारीमा उपसभापति, सहमहामन्त्री, कोषाध्यक्ष वा सह कोषाध्यक्ष र सहप्रवक्तामा एक महिला अनिवार्य गरिएको छ ।

२१ जना सचिवालय हुने यसअघिको व्यवस्थालाई संशोधन गरि २५ जना हुने गरी विधानमा व्यवस्था गरिएको छ । केन्द्रीय सदस्य १२१ बाट बढाएर १२९ जनाको बनाइएको छ ।

संशोधित विधानमा प्रदेश अनुसारको कार्यसमितिको प्रदेशगत संख्या तोकिएको छ । कोशीमा ६१, मधेसा ५९, बामगतीमा ६५, गण्डकी ४८, लुम्बिनी ५७, कर्णाली ४० र सुदूरपश्चिम ४४ जनाको प्रदेश समिति गरी विधान बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…