२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सलमान खानको बुबालाई धम्की

२०८१, ३ आश्विन बिहीबार ०८:३२

असोज ३, काठमाडौँ  ।  बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ । बिहीबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई बुर्का लगाएकी एक महिलासहितले लरेन्स बिश्नोईको नामबाट धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ । 

समाचार अनुसार अभिनेताको परिवारले बान्द्रा पुलिस स्टेसनमा यस बारे उजुरी दिएको छ । सलमान खानको परिवारलाई लरेन्सको नाममा धम्की आएको यो पहिलो पटक भने होइन । यसअघि १४ अप्रिलमा सलमान खानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर फायरिङ भएको थियो ।


खबरका अनुसार सेप्टेम्बर १८ मा सलिम खान ब्यान्डस्ट्यान्ड क्षेत्रमा बिहान टहल्न निस्किएका थिए । त्यसपछि स्कुटरमा सवार एकजना पुरुष र बुर्का लगाएकी एउटी महिला उनी  नजिक आएर ‘ठिकसँग रहनुस्, नत्र मैले लरेन्सलाई पठाइदिन्छु ?’ भनेर भने । सलिम खानले के भइरहेछ भनेर बुझ्नुअघि नै दुवै जना फरार भइहाले । धम्की दिने को हुन् भनेर अहिलेसम्म थाहा हुन सकेको छैन । बान्द्रा प्रहरीले सलमान खानका बुवा सलिम खानलाई धम्की दिएको मामिला दर्ता गरेर एक आरोपीलाई पक्राउ गरेको छ ।

तर, ती महिला भने अझै फरार छिन् ।यसै वर्ष अप्रिल १४ मा मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले मुम्बईको बान्द्रामा रहेको सलमान खानको घर बाहिर चार राउन्ड गोली हानेका थिए । अनुसन्धानको क्रममा सो आक्रमण ग्याङ्गस्टर लरेन्स बिश्नोई गिरोहले गराएको भेटियो । यस घटनामा प्रहरीले छ जनालाई गिरफ्तार समातेको थियो । एक आरोपीले जेलमै आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन