२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

जब सुतिरहेको व्यक्तिको नाकभित्र साङ्ला छिरिपछि

२०८१, २३ भाद्र आईतवार १२:१९

भदौ २३, काठमाडौँ । चीनको हेनान राज्यका ५८ वर्षीय हाइकोउ नामका व्यक्तिको नाकमा साङ्ला छिरिदिएपछि आपत् आइलागेको छ । सुतिरहेको बेला नाकको प्वालबाट साङ्ला पसेको हाइकोउले पत्तै पाएनन् । साङ्ला नाकभित्र पसेका कारण निकै दिनसम्म नाकभित्र अत्यधिक दुखेपछि उनी डक्टरकहाँ गए ।

मेडिकल रिपोर्टका अनुसार हाइकोउले नाकबाट सास फेर्दा साससँगै साङ्ला नाकभित्र पसेको थियो । जब उनी ब्युँझिए, उनले नाकभित्र केही चिज घिस्रिरहेको महसुस गरे । घिस्रिरहेको त्यो चिज घाँटीतिर सर्दै गरेको पनि महसुस गरे । तर, यसवेलासम्म उनले आफ्नो नाकमा साङ्ला पसेको अनुमान गरेका थिएनन् ।


त्यस्तो गम्भीर समस्या होइन कि ठानेर हाइकोऊले बेवास्ता गरे । र आफ्नै दैनिक काम धन्दामा लागे । तर, दोस्रो दिनबाट उनको सास अत्यधिक गनाउन थाल्यो । तीन दिनसम्म पनि उनको सास गनाउने काम रोकिएन । साथै खोक्दा पहेँलो खाकर निस्कन थाल्यो । यसपछि भने उनी डक्टरकहाँ गए ।

हेनान अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञले नाकको परीक्षण गर्दा त्यस्तो असामान्य चिज केही फेला नपरेको रिपोर्ट निकाले । यद्यपि हाइकोउलाई भने पक्कै केही गडबड छ भन्ने लागिसकेको थियो ।

हाइकोउले आफ्नो नाकभित्र केही छ भनेर शंका गरेपछि उनलाई स्वासप्रश्वासको विशेषज्ञ डक्टर लीन लिंगकहाँ पठाइयो । त्यहाँ उनको छातीको सिटी स्क्यान गरियो । सिटी स्क्यानको रिपोर्टमा दायाँ फोक्सोको तल्लो भागको पछाडि केही कालो छायाजस्तो देखियो । जहाँ कुनै वस्तु अड्किएको जस्तो देखिन्थ्यो ।

डक्टर लीनले चिनियाँ अनलाइन सिहुवा डटकमलाई भनेका छन्, ‘मैले अप्रेसनका क्रममा पंखा भएको केही चिज देखेँ । त्यो वस्तु धेरै खकारहरुले बेरिएको थियो । विस्तारै वरिपरिको खाकरलाई हटाएपछि एक जीव देखियो । त्यो जीव साङ्लो थियो । अप्रेसनपछि विरामीले निकै आराम महसुस गरे । विरामीको खोकी र पहेँलो खकार बन्द भएको थियो । यद्यपि विरामीको सास भने गनाइरहेको थियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन