२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी हुन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

४ आश्विन २०८१, शुक्रबार १०:०९

असोज ४, काठमाडौँ । सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा अन्तरगत रहेको सार्वजनिक लेखा समितिका सदस्य मैनालीको अध्यक्षतामा पछर्यौट समिति गठन गर्ने र समिितको कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो ।


बैठकले आगामी कात्तिक ५ देखि १० सम्म सयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिने उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रतिनिधिमण्डललाई स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले प्रत्येक वर्षको बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने पनि निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिताकुमारी महर्जन र महेशप्रसाद काफ्लेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै पूर्वसचिव शारदाप्रसाद तित्रालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालय जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजकमा सदस्य महेन्द्रकुमार थापा रहने गरी तोक्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…