२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…

२०८१, ४ आश्विन शुक्रबार ०६:२३

असोज ३, काठमाडौँ । प्रतिबन्धित सोसल मिडिया प्लेटफर्म एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा मच्चिएको छ ।

बुधबारबाट अचानक मोबाइलमा एक्सले काम गर्न थालेपछि सरकार आक्रोशित बनेको थियो । सरकारको आलोचनापछि बिहीबार फेरि एक्सको सेवा पूर्णरुपमा बन्द भएको छ । एक्सका मालिक एलोन मस्कले पनि यस विषयमा स्पष्टीकरण दिनुपरेको थियो । 

एक्सलाई अघिल्लो महिना ब्राजिलमा प्रतिबन्ध लगाइएको थियो । ब्राजिलका मानिसहरूले एक्स प्लेटफर्ममा पहुँच गर्न सक्दैनन् र यदि तिनीहरूले यसका लागि भिपीएनआदि प्रयोग गर्छन् भने, उनीहरूले भारी जरिवाना पनि भोग्नुपर्ने चेतवानी सरकारले दिएको छ ।


प्रतिबन्धमा रहेकै बेला चलन थालेपछि सरकारले यो कदमलाई निलम्बनको जानाजानी उल्लङ्घन मानेका छन् । एक्सले भने अस्थायी रुपमा चलेको र यो अहिले बन्द गरिएको स्पष्ट गरेको छ ।

एक्स चलेको खबरपछि न्यायाधीश अलेक्जेन्डर डे मोरेसले राज्यको दूरसञ्चार एजेन्सी एनाटेललाई नेटवर्कमा पहुँच रोक्न आवश्यक कदम चाल्न पनि आदेश दिएका थिए । गत अप्रिलमा जब सर्वोच्च अदालतका न्यायाधीश अलेक्ज्याण्डर डी मौरियासले ‘एक्स’ मा अनुसन्धान गर्न आदेश दिएका थिए त्यसपछि एक्स र ब्राजिल सरकार आमने सामने भएका थिए । 

ब्राजिलमा एक्सका २२ मिलियन प्रयोगकर्ता भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह