२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैँकको ९ लाख रुपैयाँ रकम लुटेको आरोपमा तीन जना पक्राउ

२०७९, १३ चैत्र सोमबार ०६:११

चैत १३, जनकपुरधाम | ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ रकम लुटेको आरोपमा सिरहामा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका- १३ सुकरामपुर टोल बस्ने ३६ वर्षीय जिवछ वि.क, सोही नगरपालिकाको वडा नं. १९ छपरारी टोल बस्ने ४७ वर्षीय सत्य नारायण मण्डल र कल्याणपुर नगरपालीका वडा नं. ८ अरङ्ग टोल बस्ने ४५ वर्षीय श्यामकुमार यादवलाई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले गत बिहीबार दिउँसो सिरहा नगरपालिकास्थित हेमनारायण चोकबाट लुटपातमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक शंकर‍प्रसाद चौधरीले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई शरीर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गत फागुन १० गते दिउँसोको समयमा मिर्चैया नगरपालिका- ३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आइएमई बैंकको शाखा कार्यालय कल्याणपुरका कर्मचारीले मिर्चैयास्थित बैंकको शाखाबाट ९ लाख रकम निकाली कल्याणपुर शाखातर्फ लैजाने क्रममा दुई वटा मोटरसाइकलमा आएका ४ जनाले पेस्तोल देखाइ रकम लुटेर फरार भएका थिए।

फरार रहेका चार मध्ये एक जनाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण