2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटन प्रवद्र्धन गर्न कपिलवस्तुका पत्रकार पर्वतमा

पर्वतको पर्यटकीय आकर्षणले पत्रकार टोलीलाई समेत छाडेन । कपिलवस्तुका पत्रकार महासंघका सदस्य लगायत अन्य पत्रकारहरुको टिम शनिवार पर्वत आईपुगेको थियो । पत्रकारको आगमनको उद्देश्य जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । कपिलवस्तुबाट १६ जना पत्रकारहरु पर्यटन प्रवद्र्धन गर्ने अभियान लिएर पर्वत आईपुगेका थिए ।

पर्वतमा पर्यटन प्रवद्र्धन विषयमा कपिलवस्तुका पत्रकार र पर्वतका पत्रकार लगायत अन्य सरोकारवालाहरु विच अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा पर्वतको पर्यटन क्षेत्र र यसको संभाव्यताबारे जिविस पर्वतका सूचना अधिकृत तुलसी शर्मा पौडेल र सामाजिक परिचालक अधिकृत चन्द्रबहादुर क्षेत्रीले जानकारी गराएका थिए भने कपिलवस्तुको पर्यटनको संभावनाबारेमा पत्रकार वसन्त गिरी लगायतले जानकारी गराएका थिए ।

अन्तरक्रियामा दुवै जिल्लाको पर्यटन विकासमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा समेत चर्चा गरिएको थियो । कपिलवस्तुका पत्रकारहरुले सदरमुकाम कुश्माका झोलुङगे पुलहरुको अवलोकन गरेका थिए । सो कार्यक्रममा पत्रकार महासंघ पर्वतका सचिव छविलाल तिवारीले आगन्तुक पत्रकारहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई