2026-09-15 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतले विद्युतीय तार जडान गरेपछि उत्पन्न विवादलाई संयुक्त सर्वे टोलीले हल गर्ने

वैशाख १६, भीमदत्तनगर (रासस) | विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले टुंगो लगाउने सहमति भएको छ । 

जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गर्दै काम रोकेपछि विवाद भएको थियो । 

उक्त विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले समाधान गर्ने विषयमा नेपाल–भारतका स्थानीय अधिकारीबीच सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । सर्वे टोली विगत केही मिहनायता कञ्चनपुर÷कैलालीकै सीमा क्षेत्रमा खटिएको छ । 

“अहिले संयुक्त सर्वे टिम कैलालीको सीमा क्षेत्रमा काम गरिरहेको छ ।” प्रजिअ खड्काले भन्नुभयो– “पुनर्वासको विवादको विषय टुंग्याउन सर्वे टोलीलाई निर्देशन भइसकेको छ ।” 

भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करीब दुई हजार ९०० मिटर तार जडान गरिसकिएको छ । 

“यसअघि दुवै देशबीच भएको मौखिक सहमतिअनुसार तारबार लगाएको रहेछ ।” इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले भन्नुभयो, “अब ३०० मिटर मात्रै बाँकी रहेका बेला एसएसबीले तारबार गर्ने ठाउँ नेपाल–भारत दशगजामा पर्ने दाबीसहित रोकेको छ ।” तर बिचफाँटाका स्थानीयले यसअघि पनि पटक÷पटक भारतीय पक्षबाट सीमा अतिक्रमण हुँदै आएको दाबी गर्दै भारतको दाबी गलत भएको बताउँदै आएका छन् । 

स्थानीयका अनुसार नेपाल–भारत सीमा स्तम्भ १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउँदै आएका थिए । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ । दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पुर्याउँदै आएका छन् । 

एसएसबीको ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेपछि केहीबेर समस्या भएको थियो । 

उक्त बटालियनको टोली भर्खरै त्यहाँ नयाँ आएको समेत बुझिएको छ । वडा कार्यालयबाट समेत रु छ लाख रकम तारबारका लागि विनियोजन गरिएको छ । गत वर्ष पुनर्वास नगरपालिकामै सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ