कार्तिक ३, काठमाडौं | मधेस आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दुई महिनापछि काम थालेको छ । गठनको दुई महिनापछि सोमबार पदाधिकारीले शप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ३, काठमाडौं | मधेस आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दुई महिनापछि काम थालेको छ । गठनको दुई महिनापछि सोमबार पदाधिकारीले शप"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेस जाँचबुझ आयोगले काम थाल्यो

२०७३, ३ कार्तिक बुधबार ०१:४७

कार्तिक ३, काठमाडौं | मधेस आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दुई महिनापछि काम थालेको छ । गठनको दुई महिनापछि सोमबार पदाधिकारीले शपथग्रहण गरेपछि आयोगले काम थालेको हो ।

सरकारले भदौ २ मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा ७ सदस्यीय आयोग गठन गरेको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम गठित आयोगले पूर्णता पाउन एक महिना लागेको थियो । पछि सर्वोच्चले आयोग गठनबारे संवैधानिक प्रश्न उठाएपछि काम थाल्न पाएको थिएन ।

‘शपथपछि पहिलो बैठक गरेर कार्यालय स्थापनाको निर्णय गरेका छौं,’ लालले भने, ‘कार्यालय र कर्मचारीको व्यवस्थापनपछि घटनाहरूबारे जानकारी र उजुरी संकलन थाल्छौं ।’ आयोगको कार्यालय बिजुलीबजारमा स्थापना गरिएको छ । लालले कार्यालय व्यवस्थित भएलगत्तै सरोकारवाला र पीडित पक्षलाई घटनाबारे जानकारीरउजुरी दिनका लागि सार्वजनिक आहवान गरिने उल्लेख गरे ।

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले संयोजकलाई र संयोजक लालले अन्य सदस्यलाई शपथ ग्रहण गराएका थिए । प्रधानन्यायाधीश सुशीला कार्की अनुपस्थित रहेपछि उनले तोकेको न्यायाधीश जोशीले शपथ गराएका हुन् ।

गृह मन्त्रालयले दसैं बिदा अगाडि नै आयोगका पदाधिकारीको शपथ गराइदिन सर्वोच्चलाई पत्राचार गरेको थियो । तर, सर्वोच्चले संविधानको कुन धाराअनुसार आयोग गठन भएको र शपथ प्रक्रियाको व्यवस्थाबारे प्रश्न उठाएकाले शपथग्रहण नै अन्योलमा परेको थियो । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ