Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदूरपश्चिममा ‘वल्के’ पर्व मर्नाइदै

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश बम/भदौ १, सिलगढी । मर्नेले बिसौ खानु, बाँच्नेले वल्के खानु भन्ने डोटेली उखान लाई आत्मसाथ गर्दै आज सुदूरपश्चिमभर परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ ।

हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ ।

यसैगरी विवाहित छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायतका स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

हिजो राति भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सादको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । अहिले यसको प्रचलन बिस्तारै हटेर पत्तामा रहेको मेहन्दी लाउने चलन आएको पाईन्छ ।

सदियौँदेखि मानाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको सिलगढीका नहकुल सिँहले बताए । पहिला जस्तो अहिले बजार क्षेत्रमा पिङ हालेको नदेखिने गरेको सिँह उनि बताउछन् ।

फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । खासगरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा यो चाड हर्षोल्लासपूर्वक मनाइने गरेको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा सदियौंदेखि मानाइँदै आएका कतिपय ऐतिहासिक र मौलिक चाड बिस्तारै हराउन थालेको भए पनि यस्ता चाडपर्वको संरक्षणका लागि कतैबाट पहल नभएको ज्योतिषहरु बताउने गर्छन् ।

आज बिशेष गरेर पहाडी जिल्लाहरुमा टोल टोलमा  पिङ खेल्ने र साझ पख देउडा समेत खेल्ने प्रचलन रहेको तोलेनीका भक्त राज उपाध्यय बताउनु हुन्छ । केहि ठाउमा मंगलबार र केहि ठाउमा बुधबार विहानै पिङ बनाएर अग्लो रुखमा हालेर सबै एकठाउमा जम्मा भएर दिउँस भर खेल्ने गछनर्् उपाध्ययले बताए ।

त्यस्तै पर्वको बारेमा अछामका पत्रकार केशब भुलले आफ्नो फेशबुक पेजमा यस्तो लेखेका छन् । विहान उठ्ने वित्तीकै मन लगाई नलगाई ५० भन्दा बढी घर परिवार भएको पुरै गाउँमा, एक दिन अगाडी नै तयार पारीएका पिडालुका गावा बाड्न ।

किन आउछ यो दिन पनि भन्ने लाग्थ्यो तर के गर्नु पुरै घरपरिवारमा म र मेरो बुवा नै कान्छो भएकाले नगई सुख हुदैनथ्यो । एक घर छुटाएभने पनि बावालाई खवर आइहाल्थ्यो मेरो घरमा ओल्को दिन किन नआएको ह तिमिहरु ठुलो भैहाल्यौ कि क्या हो भनेर, आज ओल्के पर्व गाउँघरमा मनाएको सारै सम्झीरहेको काठमाण्डौ भएका बेला  फेसबुकमा सम्झेका छन् । वल्के पर्व पछि चाड पर्वहरुको आगम हुने गरेको पाईन्छ ।