मंसिर १४, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना समितिका अध्यक्ष लक्ष्मी प्रसाद देवकोटा समक्ष ज्ञापनपत्र बुझाएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १४, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना समितिका अध्यक्ष लक्ष्मी प्रसाद देवकोटा समक्ष ज्ञापनपत्र बुझाएको छ । 

"/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढीगण्डकी माफियालाई ५० प्रतिशत मुआब्जा घटाउन माग

१४ मंसिर २०७३, मंगलवार ०९:०१


मंसिर १४, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना समितिका अध्यक्ष लक्ष्मी प्रसाद देवकोटा समक्ष ज्ञापनपत्र बुझाएको छ । 

बुढीगण्डकी जलविद्युत आयोजना समितिको कार्यालयमा आज नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी परिषद् सदस्य विरेन्द्र कुमार पोखरेललगायत अन्य सदस्यहरुले अध्यक्ष देवकोटा समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

आयोजनामा भएको अमूक राजनैतिक पार्टीको अराजनैतिक गतिविधिप्रति नयाँ शक्ति नेपालले ध्यानकर्षण गर्नुका साथै गम्भिर शंका पैदा भएको र आयोजनाले गति पाउन नसक्नु त्यसैको उपज मान्न सकिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

नयाँ शक्ति नेपालले प्रभावित इलाकामा माफियाहरुले ओगटेको जमिनको निर्धारित मूल्यमा कम्तीमा ५० प्रतिशत घटाउनुपर्ने माग राख्दै स्थानीय जनतालाई अहिले निर्धारित मूल्यमा न्यूनतम ३० प्रतिशत वृद्वि गर्नुपर्ने माग गरेको छ । 

त्यस्तै सोही इलाकामा स्थानीयवासीलाई पुर्नवास र पुर्नस्थापनाको लागि एकीकृत वस्ती निर्माणमा सर्वपक्षीय सहमती गर्नुका साथै बुढीगण्डकी आयोजनालाई एकीकृत आयोजनको रुपमा अघि बढाइनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

प्रभावित इलाकामा जग्गा वर्गीकरणमा भएको विविधता साथै जग्गा रोक्का एकै दिनमा गर्ने तर मुअब्जा वितरणमा गरिएको समयान्तरको विविधतालाई एकरुपमा दिइनुपर्ने र आयोजना संचालनर्थ कर्मचारी भर्नामा योग्यताको आधारमा प्रभावित क्षेत्रका स्थानीय जनतालाई प्राथमिकता दिइनुपर्ने नयाँ शक्ति नेपालको ठम्याई रहेको छ । 

ज्ञापनपत्र हेर्नुस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ?