2026-09-19 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा लागुऔषध बिक्रीका कारण युवा कुलतमा

मङ्सिर १४, बझाङ् । निजी औषधि पसलले महँगो मूल्यमा युवालाई अवैध रुपमा लागुऔषध बिक्री वितरण गर्ने गरेको पाइएको छ । 

सदरमुकाम चैनपुरसँगै बिभिन्न भागमा खोलिएका निजी औषधि पसलबाट युवालाई महँगोमा त्यस्ता लागुऔषध बिक्रीवितरण गरेको पाइएको हो । “औषधि पसलेले पसलबाट गोप्य रुपमा कसैलाई जानकारी नदिनू, चाहेको समयमा लिएर जानू भने गर्छन् । हामीले पनि महँगोमा आफूलाई चाहेको समयमा नशा लाग्ने खालका औषधि किनेर लिने गरेका छौँ ।” लत बसेका एक व्यतिmले भने, “भनाँै भने साथीहरुले कुट्लान भने डर नभनौँ भने बानी सुधार्न खोेज्दा पनि सकिएन । सुरुमा प्रवेश गर्दा गाँजा खुवाए र पछि सुई दिने र चक्की खुवाउने गरे, यसैगरी दैनिक युवाको जमात बढ्दैछ तर कसैले पनि रोक्ने चासो देखाएका छैनन् । ” 

यस्ता कुलतमा फसेका युवाले घरबाट मागेजति पैसा नपाएपछि गर्जो टार्न चोरीलगायत हिंसाजन्य कार्य गर्ने पनि पाइएको छ । 

यहाँका औषधि पसलमा फोटिम, ओपिडललगायत सात चक्की र सुईमा फिनरागन र डाइजेपामलगायतका पाँच किसिमका औषधि पाइन्छ, भने अन्य कतिपय त्यस्ता औषधि धनगढीबाट औषधि पसलेले आफै ल्याउने गर्दा पनि अनुगमन नभएको स्थानीय बासिन्दाको गुनासो छ । 

जिल्ला अस्पतालका डा विष्णु खतिवाडाको भनाइ छ औषधिको गलत सेवनले कुलत बढेको हो । औषधि बिरामीका लागि बनाइएको भए पनि यसको गलत प्रयोगले विकृति फौलिएको उहाँ बताउनुहुन्छ । 

कुलतमा फसेका युवाले दैनिक चैनपुरका गल्लीमा राति चियो बस्ने गरेकामा चिन्ता व्यक्त गर्दै नेपाली काँगे्रसका युवा नेता ज्ञानबहादुर बोहरा भन्नुहुन्छ, राष्ट्र बनाउने युवा यसरी कुलतमा फस्दै जाने हो भने जिल्लाकै अधोगति हुन्छ । 

उहाँ भन्नुहुन्छ “ प्रशासनको कमजोरीले यस्तो भएको भएको हो, पहँुच भएकालाई राजनीतिक दबाबमा छोडिदिदा पनि विकृति बढेको हो ।” 

बाहिरबाट आएका युुवा बढी सक्रीय भएकाले ग्रामीण क्षेत्रमा लागुऔषध, गाँजा, चक्की र सुईजस्ता नशालु प्रदार्थको बिगबिगी बढेको हो रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई