2026-10-17 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब भिजिट भिसा जान कडा प्रावधान, विमानस्थलका १४ कर्मचारी सरुवा गरि छानविन थालियो

मङ्सिर २२, काठमाडौं | भिजिट भिसामा विदेश लगेर काम लगाउने प्रलोभनमा नेपाल तथा विदेशमा एजेन्ट गिरोह सक्रिय भएपछि सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । 

भिजिट भिसाका नाममा विदेश जाने क्रियाकलापले मानव तस्करी बढेको र विदेशमा पुर्याइएकाहरु अलपत्र परेको अवस्था छ । अब सरकारले यस्ता क्रियाकलापलाई रोक्न अध्यागमन कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । 

सरकारले वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी र श्रम तथा अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसामा पठाउने काम भएको र सो आवरणमा मानव तस्करी बढेको निष्कर्ष समेत निकालेको छ ।

यसअघि भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाई-टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकोमा अब भने संशोधन हुन लागेको नयाँ कार्यविधि अनुसार भिजिट भिसामा जाने व्यक्तिले २० लाख रुपयाँको बिमा र न्यूनतम एसएसली सरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ । 

नयाँ कार्यविधि संशोधन भएपछि भिजिट भिसामा गएर अलपत्र परे बिमा रकमबाटै उद्धार, उपचार र अन्य बन्दोबस्तीमा खर्च गर्न सहज हुने भएको छ । साथै अब भिजिट भिसामा जाने व्यक्तिमाथि शंका लागेमा अध्यागमनले व्यक्तिको कागजातमाथि छानबिन गरी कारबाही अघि बढाउन समेत सक्नेछ ।

साथै अध्यागमन विभागले भिजिट भिसामा पठाउने काममा सरकारी कर्मचारीकै मिलिमतो रहेको उजुरी परेपछि गृह मन्त्रालयले विमानस्थलस्थित १४ जना अध्यागमन अधिकृतलाई एकै पटक सरुवा गरि छानबिन थालेको छ । 

भिजिट भिसाको धन्दा ! एजेन्टले तीन साता झुलाए, दुई पटक पिसीआर गराए, साढे तीन लाख अशुले

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु