मङ्सिर १९, काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संशोधन प्रस्ताव असफल बनाउँन जस्तो सुकै कदम उठाउँन तयार छौँ’

२०७३, १९ मंसिर आईतवार ०९:३६

मङ्सिर १९, काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाको दिनमा सफत खाएको कुरालाई बिर्सेको आरोप लगाउँदै भने,‘उहाँले भन्नु भएको थियो, म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर प्रधानमन्त्री बनेको पछिल्ले दिन देखि संविधान संशोधन गर्न तर्फ अग्रसर हुनुभयो, सात दशक देखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन, प्रधानमन्त्री प्रचण्डले आफै यो प्रस्ताव ल्याएका छन्, जनताले उहालाई कदापि माफ दिने छैनन्, यो प्रस्ताव मतदानमा लिएर गएको खण्डमा प्रस्ताप असफल हुने देश मुडभेटमा जान्छ ।’

नेता पौडेलले अघि थपे,‘अधिकाशं सांशदहरूको असमतिका बिचमा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउनु भनेको असफल सावित हुनु हो, संविधानको कार्यन्वयन नै अहिलेको मुख्य आवश्यकता हो, वुटवलमा पाँच नं. प्रदेशलाई अखण्ड राख्नुको लागि लाखौ मानिस सडकमा आएका छन्, यदि सरकार जनताको हो भने समयमै संविधान प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथिको अन्त्य गर्न तर्फ लागोस्, पाँच नं. प्रदेशका जनताको भावनालाई लत्याएर यो प्रस्ताव अघि बढाईयो भने एमालले संसदमा कडा प्रतिवाद गर्नेछ, यो प्रस्ताव पारित हुन नदिनको लागि एमाले जुनसुकै कदम चाल्न तयार छ ।’

पौडेले भने,‘ संविधान संशोधन अहिले आवश्यक छैन् कार्यन्वमा जानुको विकल्प छैन् एमाले चुनावको लागि तयार छ, सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरोस्, २०७४ माघ ७ गते भित्र तिन तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक जटिलतालाई सरकार र राजनीतिक दलहरूले मध्यनजर गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी