बिजय थापा | मङ्सिर २२, वाशिंगटन डीसी | अमेरिकाको भ्रमणमा रहनु भएका  पुर्व प्रधान मन्त्री तथा एमालेका नेता माधब कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय थापा | मङ्सिर २२, वाशिंगटन डीसी | अमेरिकाको भ्रमणमा रहनु भएका  पुर्व प्रधान मन्त्री तथा एमालेका नेता माधब कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जल"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन गर्नु ‘तातै खाउँ जलि मरुँ’ ठीक हैन : नेपाल

२२ मंसिर २०७३, बुधबार १३:४३

बिजय थापा | मङ्सिर २२, वाशिंगटन डीसी | अमेरिकाको भ्रमणमा रहनु भएका  पुर्व प्रधान मन्त्री तथा एमालेका नेता माधब कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु  ठीक हैन भन्नु भएको छ । गत दिसेम्बर  ६ तारिख वहाले स्वदेश फर्कनु अगाडी अमेरिकाका संचारकर्मी सँग कुराकानी मा यस्तो बताउनु भएको हो  । 

नेपालले नब्बे प्रतिसत बाट प्राप्त संविधानन लाई हतास मा पारित गर्न खोज्नु राम्रो नियत नभएको बताउनु भयो । नब्बे प्रतिसत बाट हस्ताक्षर प्राप्त लामो समय प्रतिक्षा गरेर पाएको संविधानन लाई पारित गर्न मात्र केन्द्रीत गर्न भन्दा अन्य क्षेत्रमा लाग्न अमेरिका बाट सुझाब सल्लाह सरकार तथा प्रधान मन्त्री प्रचन्ड लाई सन्देश दिनु भएको छ  ।

उहाँले बुटवल तथा अन्य शहर मा भएको बिरोध आदीको प्रसङ उठाउँदै प्रधान मन्त्री ले जनताको भावना बुझ्नु पर्ने  बताउउनु भयो । वहाँ ले कस्लाई खुशी बनाउन अहिले यो गरेको हो हामीले बुझ्न सकेनौ भन्नु भयो । नेपालले प्रचन्डले जनता लाई खुशी पार्न सक्नु भएको छैन भन्ने आरोप समेत लगाउनु भयो । 

संकट बाट  देश लाई बचाउन अहिले तुरुन्त संविधान संशोधन  फिर्ता गर्न अमेरिकाबाट नै सन्देश दिनु भएको छ । बिदेसमा रहेका नेपालीहरु देशको आर्थीक उन्नती र उन्नत नेपाल कसरी हुन्छ भन्ने आफुले बुझेको भन्दै अब आर्थिक उन्नती तर्फ लाग्नु बताउनु भयो l 

प्रचण्डले गर्न के खोज्नु भएको हो बुझ्न गार्हो भो भन्नु भयो । बरु वहाँ ले संविधान कार्यन्वयनमा ध्यान दिनु पर्ने बताउनु भयो । आफु एक बिसेश कार्यक्रममा अमेरिका आएको जानकारी गराउदै आफुले थुप्रै देशका मन्री ,सभा मुख तथा अन्य सँग भेट भएको बताउनु भयो । 


वहाले १० प्रतिसत लाई खुशी पार्न ४० प्रतिसत हामीलाई छोड्नु भएको आरोप प्रचन्डलाई लगाउनु भयो । नेपालले आफु अमेरिकामा गत नोबेबर २८ देखी दिस्मेबर १ तारिख सम्म भएको अंतरराष्ट्रीय नेतृत्व सम्मेलनमा सहभगिता  हुन आएको बताउनु भयो । 


उक्त सम्मेलन मा ५६ देश का पुर्व प्रधान मन्त्री , सभामुख , काग्रेस ,मन्त्री आदी समेतको सहभागिता रहेको बताउनु भयो । आफुले अमेरिकाका समेत थुर्पै नेता तथा निर्वाचित त्रम्पका केहि टोली सँग पनि भेटघाट भएको जानकारी दिनु भयो । 

 उक्त सम्मेलनमा मौसम परिवर्तन ,आतंकबाद सुशासन तथा सद्भाव समबन्ध बारेमा छलफल भएको बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता