दिपक अनुरागी  । मंसिर २२, कपिलवस्तु । रक्षामन्त्री बालकृष्ण खाणले आफु जन चाहना विपरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी  । मंसिर २२, कपिलवस्तु । रक्षामन्त्री बालकृष्ण खाणले आफु जन चाहना विपरि"/>
2026-06-25 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पाँच नम्बर प्रदेश टुक्राउने पक्षमा छैन्ः रक्षामन्त्री खाण

दिपक अनुरागी  । मंसिर २२, कपिलवस्तु । रक्षामन्त्री बालकृष्ण खाणले आफु जन चाहना विपरित कतै नलाग्ने स्पष्ट पार्नुभएको छ ।

कपिलवस्तुको बुद्धरंगशाला जीतपुर चारनम्बरमा बुधबार देखि शुरु भएको आठौ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले पाच नम्बर प्रदेश नटुक्राउने पक्षमा आफु अहिले मात्र नभइ पहिले देखि लागी परेको दाबी गर्नुभयो । पाच नम्बर प्रदेश टुक्राउने गरी दर्ता गरिएको संबिधान संशोधन बिधेयकमा आफुले पार्टि र सरकार समक्ष फरक मत राखेर संर्घष गरिरहेको उहाले जनाउनुभयो । 

कतिपय नेताहरुले सरकारले रातीको समयमा संबिधान संशोधन प्रस्ताव दर्ता गर्नुको कारण मागिरहेको बेला मन्त्री खाणले आफ्नो विमतीको कारण दिउसोमा दर्ता गर्नुपर्ने प्रस्ताव रातीमा हुन पुगेको बताउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री खाणले देशमा दलिय सहमतीको आवश्यक्ता रहेकोमा जोड दिनुभयो । आफु विद्यार्थी काल देखि राजनिति गरेकोले मन्त्रीको पद ठुलो नभएको तर जन चाहना विपरित कुनै काम नगर्ने स्पष्ट पार्नुभयो । 

पहाड र तराई मिलेर बनेको प्रदेश देशकै उत्कृष्ट रहेको उहाले बताउनुभयो । राजनितिक मुद्धालाई जनताको बिचमा ल्याई सामाजिक सद्भाव फैलाउन नहुने उहाले तर्क राख्नुभयो ।

सोहि समारोहमा बोल्दै सासंद अतहर कमालले नेकपा एमालेले जनता उचाल्ने काम गरेको आरोप लगाउनुभयो । एमाले प्रति निकै आक्रमक शैलीमा प्रस्तुत भएका सासंद कमालले कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा र आफु सहित दुई स्वतन्त्र सासंदको बिचमा नवलपरासीको दाउन्ने देखि बर्दिया सम्मलाई लुम्बिनी तराई प्रदेश बनाउने विगतमै सहमती भएको ठोकुवा गर्नुभयो । 

महोत्सवको बारेमा जानकारी दिदै कपिलवस्तु उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक यज्ञ प्रसाद भट्टराईले ढाई लाख दर्शक भित्त्राई करिब ४ करोडको कारोबार गर्ने आयोजकले अपेक्षा राखेको बताउनुभयो ।  

कार्यक्रममा रुपन्देहिका सासंद सोनिया यादव, उद्योग बाणिज्य सघका केन्द्रिय सदस्य दिपक लम्साल, बुटबल उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सदस्य रविराज आचार्य, नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका हिमलाल वाग्ले, नेकपा माओबादीका संघ प्रसाद थारु, क्रान्तिकारी माओबादीका जिल्ला इन्चार्ज समिर केशि, उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र पौडेल लगायतले बोल्दै महोत्सव सफलताको शुभकामना दिनुभएको थियो । 

महोत्सव मुल आयोजक समितीका संयोजक यज्ञ प्रसाद भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कपिलवस्तु उद्योग बाणिज्य समितीका वरिष्ठ उपाध्यक्ष गुणानिधि भुषालको स्वागत मन्तव्य र महासचिव छविरेश्मी मगरको सञ्चालनमा सम्पन्न भएको थियो । 

यसैबिच महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातीका झायकि सहितका र्याली निकालिएको थियो । नेपालमा प्रचलित विभिन्न बाजागाजाको साथमा महोत्सवको उद्घाटन समारोह चलेको थियो । 

महोत्सवको भोली दोस्रो दिन लोक तथा दोहोरी गायिका पुर्णकला बि.सि., हास्यकलाकार राजा राजेन्द्र लगायतका कलाकार आउने महोत्सवका सांस्कृतिक संयोजक शंकर प्रसाद न्यौपानेले जानकारी दिनुभयो । महोत्वसवको सम्पुर्ण कार्यक्रम सामुदायिक टेलिभिजन बुद्धआवाजले निरन्तर प्रसारण गर्ने व्यवस्था मिलाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ