फागुन १३, काठमाडौँ । महाशिवरात्रिका दिन शुक्रबार बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौँ । महाशिवरात्रिका दिन शुक्रबार बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा ब"/>
१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज महाशिवरात्रीः पशुपतिनाथ मन्दिरमा सशुल्क दर्शन खारेज

१३ फाल्गुन २०७३, शुक्रबार ०२:०४

फागुन १३, काठमाडौँ । महाशिवरात्रिका दिन शुक्रबार बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा बसेका छन् ।

दर्शनका लागि साढे ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी दिए।

उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले ३५ लाख सङ्कलन गरेको थियो

यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले ३५ लाख सङ्कलन गरेको थियो ।

‘बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ’ टण्डनले भने ।

पशुपतिको पूर्व ढोका भने साढे ७ बजेपछि खुल्ने जनाइएको छ ।

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी