2026-08-25 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा

माघ २०, काठमाडौँ | सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन बिधा समावेश गरिएको छ ।

नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किमी पुरुष म्याराथन तथा २१ किमी महिला/पुरुष हाफ म्याराथन गर्न लागिएको केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो ।

सैनिक अधिकृत र सैनिक सहचारी महिला÷पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने जानकारी दिइयो ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ । म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइक तथा काठमाडौँ महानगरपालिकाले स्पोन्सरस्वरुप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्ने छ ।

म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरुप पनि मोटरसाइकल उपलब्ध हुनेछ । ती सबै प्रतियोगितामा करिब एक हजार १५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा भाग लिन चाहनेलाई व्यक्तिगत र सस्थागतरूपमा शुक्रबारदेखि नाम दर्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ । प्रतियोगितामा रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, पत्रकार खेलकुद मञ्चका धावक प्रतिनिधि तथा अन्य आमन्त्रितले भाग लिने छन् ।

सेनाले मनोरञ्जनका लागि खेल नामाकरण गरी ‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नाराका साथ विसं २०७२ बाट प्रतियोगिता आरम्भ गरेको हो । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले सेनाबिनाको खेल अपूरो रहने भएकाले सङ्घले सेनाका खेल गतिविधिमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

सेनाका प्रवक्ता नारायण सिल्वालले नागरिक–सैनिक सम्बन्ध विकासमा प्रतियोगिता केही हदसम्म सफल रहे पनि आगामी दिनमा थप मेहेनत गर्न आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ