फागुन २०, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता जारी भएपछि पनि सरकारले सरुवा बढुवा गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आचारसंहिता लागू भएकै दिन सरकारले अघिल्लो दिनको मिति राखेर प्रहरीमा व्यापक सरुवा गरेको छ ।

एमाले नेता सुवास नेम्वाङले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई टेलिफोन गरी सरकारले आचारसंहिता उल्लंघन गरेको भन्दै तत्काल कदम चाल्न आयोगलाई आग्रह गरेका छन् ।

नेम्वाङले यस्ता गतिविधि रोक्न प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएको बताए । -नेपाल समाचारपत्र दैनिक