फागुन २२, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् ।

त्यसैगरी छनोट हुने अन्य खेलाडीमा शरद भेषवाकर, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, महबुब आलम, अरिफ शेख, सुनिल धमला र दीपेन्द्रसिंह ऐरी छन् । वैकल्पिकतर्फ भने राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की तथा दिलीपनाथ छन् ।

आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटीका अधिकारी वेन्कटपति राजु(क्रिकेट विकास अधिकृत, आइसिसी–एसिया) मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान खड्का रहेको छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।