साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वट"/>
2026-10-15 07:09 AM
काठमाडौँ - KTM

गत आर्थिक बर्षमा कुन म्यानपावरले कति कामदार पठाए (लिस्ट सहित)

साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वटा म्यानपावर कम्पनीले एक हजार भन्दाबढी कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएका छन् । जसमा सबैभन्दा बढी बैदेशिक रोजगारीमा कामदार पठाउन सफल म्यानपावर एसओएस म्यानपावर बन्न सफल भएको छ । वैदेशिक रोजगार विभागमा प्रवक्ता मोहन अधिकारीका अनुसार गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कूल ४ लाख १८ हजार ७ सय १३ जना कामदार वैदेशिक रोजगारीमा गएकोमध्ये ७ सय ४३ वटा म्यानपावरले ३ लाख ६८ हजार २ सय २३ जना कामदार विदेश पठाए ।

ती ७ सय ४३ म्यानपावरमध्ये ८० वटा म्यानपावरले १ हजार भन्दा बढी र १० हजार भन्दा कम कामदार पठाएको तथ्याङ्क छ । सबै भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीमा धापासीस्थित एसओएस म्यानपावर सर्भिस प्रा.लि.(९७७२ जना) रहेको छ भने गौशालास्थित द रिभर ओभरसिज प्रा.लि.(५,५९० जना), तेस्रोमा ललितपुर बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रा.लि. (५,३५३ जना) रहेको छ ।

यसैगरी चक्रपथस्थित स्काई ओभरसिज सर्भिस प्रा.लि.ले ४ हजार कामदार विदेश पठाइ चौथो स्थानमा रहेको छ भने साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा.लि.(३,६३२ जना) कामदार विदेश पठाई पाँचांै स्थानमा रहेको छ । ३ हजार ४ सय २३ जना कामदार विदेश पठाई कोशी इन्टरनेशनल सभिर्सेज प्रा.लि. छैठौं, ३ हजार २ सय ४४ जना पठाई ओशो रिक्रुटिङ एजेन्सी सातौं, ३ हजार १ सय २४ जना कामदार पठाई भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि. आठौँ स्थानमा रहेका छन् । नवौं स्थानमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.ले ३ हजार ६४ र दशौं स्थानमा रहेको कोमल इन्टरनेशनल सर्भिस प्रा.लि.ले २ हजार ९ सय ५५ कामदार विदेश पठाएका छन् ।

त्यस्तै विभागका अनुसार सबैभन्दा बढी महिला कामदार पठाउनेमा एससीसी म्यानपावर कम्पनी प्रा.लि. रहेको छ । समग्रमा ९ सय ३८ कामदार पठाएको राजधानीको कमलपोखरीस्थित उक्त कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ मा ७ सय ५३  जना महिला कामदार पठाएको छ । त्यसैगरी ४ सय ६५ जना महिला कामदार पठाएको कोशी इन्टरनेशनल सर्भिसेज प्रा.लि. धेरै महिला कामदार पठाउने सूचीको दोश्रो नम्बरमा रहेको छ । ३ सय ४८ महिला कामदार पठाएको दि रिभर ओभरसिज प्रा.लि.महिला कामदार बढी कामदार बढी पठाउने सूचीको तेश्रो नम्बरमा रहेको छ | गत आर्थिक वर्षमा अधिल्लो आर्थिक वर्षको भन्दा ३ वटा बढि म्यानपावर थपिएका छन् । यससंगै नेपालमा ७ सय ५७ म्यानपावर सञ्चालनमा छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने