११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन २०७४: फेसबुक/ट्वीटर चलाउनेले ख्याल गर्नुस, १ लाख जरिवाना तिर्नुपर्ला

८ चैत्र २०७३, मंगलवार ०५:३८

चैत ८, काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचन सम्बन्धि आचारसंहिता लागु भईसकेको अवस्थामा सामाजिक संजाल चलाउने आम नागरिकले सचेत हुनुपर्ने भएको छ । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सँगै फेसबुक लगायत सामाजिक संजालमा निर्वाचनसम्बन्धि स्टाटस पोष्ट गर्दा तथा कमेन्ट गर्दा सचेत हुनुपर्नेछ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई रोक्न आदेश दिने छ र उसको आदेशलाई उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने प्रावधान छ ।

निर्वाचन आचार संहिता लागू भएसंगै कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुक ट्विटर तथा कुनैपनि सामाजिक संजालमा पोष्ट गर्न पाउदैन । यदी आचारसंहिता बिपरित गरेमा उक्त व्यक्तिलाई १ लाखसम्म जरिवाना तिराईनेछ । सामाजिक संजालमा पोष्ट गर्नु त टाढाको कुरा कुनै राजनीतिक दल वा नेतालाई निराधार आरोप लगाईएको कुरा भाइबर वा एसएमएसमार्फत् समेत पठाउन पाइनेछैन । 

अनलाइनमा बढ्दो बिरोध, निराधार आरोप, व्यक्तिगत तथा दलीय रुपमा आँच आउने खालका सामग्रीहरु सामाजिक संजालमा पोष्ट गर्दा वा निर्वाचन अवधिभर निर्वाचन आचारसंहिता बिपरित काम गर्न पाइदैन । हुनत यस्ता कुरा कहिलै पनि गर्न पाइदैन तर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा यस्ता कुरालाई निकै गम्भीर रुपमा निगरानी राख्ने हुँदा कुनैपनि व्यक्ति दण्ड/जरिवानामा पर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री