२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिट्टी कुटेर भविष्य हेर्दै दुर्गमका दलित बालबालिका

२०७३, ८ चैत्र मंगलवार ०६:१७


हेमन्त केसी/चैत ८, जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । 

उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्नुहुन्छ । छोरीलाई गिट्टी कुटेबापत प्रतिबोरा रु ५० दिइन्छ भने आमा वसन्तीले प्रतिबोरा १०० मा बालुवा बोक्ने गर्नुहुन्छ । वसन्तीका श्रीमान् तीन महिनाअघि भारतको कार्गिल कमाई गर्न गएका छन् । भाइको हेरालोसँगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्यसमेत गर्ने जिम्मेवारी लक्ष्मीको छ । 

बिहान उठ्नेबित्तिकै बासी रोटी धर्रोमा च्यापेर वाइकाँडा गाउँबाट वसन्तीले छोरी र छोरा लिएर यसरी नै काम गर्न थालेको एक महिना बितेको बताउनुहुन्छ । 

उहाँ जस्तै वाइकाडाँकै दलित प्राविमा कक्षा ४ मा पढ्ने सुनिता विक भेरीमा बालुवा बोकी पढाई खर्चसँगै आमालाई सहयोग गर्छिन् । मावि औलगुत्तामा भाइलाई छोडी भेरीबाट बालुवा बोक्नु आफ्नो दैनिकी भएको सुनिताले बताइन् । 

बाबा कमाइ गर्न भारत गएको सुनिताको भनाइ छ । अन्य जातका साथी घरमा बिहान, बेलुका पढ्छन्, कसैले ट्युसनसमेत पढ्छन्, सुनिताले भनिन्, “हामी वाइकाँडा प्राविमा पढ्ने सबै दलित विद्यार्थी अर्काको काम गर्दै, पढ्दै गर्छौं ।” 

वाइकाँडामा दलित मात्र बस्छन्, अनि त्यहाँ रहेको विद्यालयको नाम पनि दलित प्रावि नै राखिएको छ, स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले बताउनुभयो । सुनिता मात्र होइन, यहाँका दर्जनौँ दलित बालबालिका दैनिक काम गरेर कमाउँदै, पढ्दै गर्ने गरेको बस्नेतको भनाइ छ । 

अभिभावक कमाइका लागि भारत जाने भएका कारण आमा अर्काको काम गरेर दैनिक गुजारा चलाउँछन् । छोराछोरी पनि आमासँगै अर्कैको काम गर्न बाध्य हुने गरेका छन् । यहाँका बालबालिकाको बालअधिकार, पढ्न पाउने अधिकार भन्ने कुरा गरिबीको महारोगले ओझेल पारेको छ । पहाडको डाँडामा रहेको वाइकाँडा बस्तीमा उब्जाउ भूमि, पर्याप्त खानेपानी नहुनु लगायतका समस्याले गर्दा यहाँका दलितको जीवनस्तरमा खस्किएको छ । 

यो ठाउँ जिल्लाका कुनै पनि सरकारी अधिकारी नपुगेको अवस्थामा जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह पहिलोपटक यो ठाउँमा पुग्दा यहाँका स्थानीयले शैक्षिक सुधारका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन् । यो ठाउँमा रेडियो नै नसुनिने भएकाले आफूहरुले देशमा के हुँदैछ भन्नेसम्म थाहा पाउन नसकेको स्थानीय बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा