2026-09-20 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफूले जन्माएको नवजात शिशु

चैत २६, काठमाडौं | पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी अस्पताल र त्यहाका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउदै शिशु घर नलगेकी हुन् । 

उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्रक्रियामा संलग्न चिकित्सकले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरको छ । साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन्। ‘हाम्रो गल्ती, असावधानीले डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको होइन,’ साहको प्रसूतिमा संलग्न डा. निरासिंह श्रेष्ठले भनिन्, ‘उहालाई गुनासो भए कानुनी प्रक्रियामा जान आग्रह गर्छौं ।’

साहको पहिलो सन्तानसमेत आफ्नै चिकित्सकीय निगरानीमा काठमाडौ मेडिकल कलेज अस्पतालमा जन्मिएको डा. साहले बताइन् । मेडिसिटीका महाप्रबन्धक विजय रिमालले शिशुमा डाउन सिन्ड्रोम हुनमा अस्पतालको कुनै दोष नभएको दाबी गरे । डाउन सिन्ड्रोम एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष रीता पियाका अनुसार विदेशतिर १ हजारमा एउटा बच्चा डाउन सिन्ड्रोम भएको जन्मिन्छन् । डाउन सिन्ड्रोम एक आनुवांशिक विकार हो । यो मानसिक र शारीरिक लक्षणको एउटा समूह हो, जुन एक अतिरिक्त क्रोमोजोमको उपस्थितिले हुन्छ । सामान्यतया गर्भावस्थामा शिशुले आमाबाट २३ र बुबाबाट २३ गरी जम्मा ४६ वटा क्रोमोजोम प्राप्त गर्छ । डाउन सिन्ड्रोम भएको बच्चामा एउटा क्रोमोजोम बढी हुन्छ । डाउन सिन्ड्रोम भएकामा केही शारीरिक र मानसिक विशेषता हुन्छन् । 

डाउन सिन्ड्रोम भएकाहरूमा जन्मदेखि नै मुटुको रोग हुन सक्छ । यसको उपचार गर्न सकिदै न । यो रोगमा बौद्धिक विकलांगताको स्तर परिवर्तित हुन्छ ।

– यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो