Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन २०७४: फेसबुक/ट्वीटर चलाउनेले ख्याल गर्नुस, १ लाख जरिवाना तिर्नुपर्ला

२०७३, ८ चैत्र मंगलवार ०५:३८

चैत ८, काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचन सम्बन्धि आचारसंहिता लागु भईसकेको अवस्थामा सामाजिक संजाल चलाउने आम नागरिकले सचेत हुनुपर्ने भएको छ । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सँगै फेसबुक लगायत सामाजिक संजालमा निर्वाचनसम्बन्धि स्टाटस पोष्ट गर्दा तथा कमेन्ट गर्दा सचेत हुनुपर्नेछ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई रोक्न आदेश दिने छ र उसको आदेशलाई उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने प्रावधान छ ।

निर्वाचन आचार संहिता लागू भएसंगै कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुक ट्विटर तथा कुनैपनि सामाजिक संजालमा पोष्ट गर्न पाउदैन । यदी आचारसंहिता बिपरित गरेमा उक्त व्यक्तिलाई १ लाखसम्म जरिवाना तिराईनेछ । सामाजिक संजालमा पोष्ट गर्नु त टाढाको कुरा कुनै राजनीतिक दल वा नेतालाई निराधार आरोप लगाईएको कुरा भाइबर वा एसएमएसमार्फत् समेत पठाउन पाइनेछैन । 

अनलाइनमा बढ्दो बिरोध, निराधार आरोप, व्यक्तिगत तथा दलीय रुपमा आँच आउने खालका सामग्रीहरु सामाजिक संजालमा पोष्ट गर्दा वा निर्वाचन अवधिभर निर्वाचन आचारसंहिता बिपरित काम गर्न पाइदैन । हुनत यस्ता कुरा कहिलै पनि गर्न पाइदैन तर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा यस्ता कुरालाई निकै गम्भीर रुपमा निगरानी राख्ने हुँदा कुनैपनि व्यक्ति दण्ड/जरिवानामा पर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ