चैत २५, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमालेन्द्र निधिबीच दूरी बढेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २५, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमालेन्द्र निधिबीच दूरी बढेको छ । 
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्दलाई फेरि आइजीपी बनाउन निधिलाई देउवाको दबाब

२०७३, २५ चैत्र शुक्रबार ०२:१४

चैत २५, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमालेन्द्र निधिबीच दूरी बढेको छ । 

निधिले सर्वोच्चको फैसलाअनुसार वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्ति गर्नुपर्ने अडान राखेपछि देउवा उनीसँग आक्रोशित भएका हुन् । स्थानीय तहको निर्वाचन र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा निधिले बिहीबार पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका कांग्रेस मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । 

निधिको छलफलप्रति देउवा असन्तुष्ट बनेको स्रोतले बतायो । छलफलमा अधिकांश मन्त्रीले स्वतन्त्र न्यायपालिकाको पक्षपाती पार्टीले सर्वोच्च अदालतको निर्णयविरुघ जान नमिल्ने भन्दै वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्ति गर्नुपर्ने सुझाव दिएको एक मन्त्रीले बताए ।

निधि सुरुदेखि नै वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्ने अडानमा थिए । तर, आफ्नै पार्टी सभापति देउवाको चेपुवामा परेर उनले जयबहादुर चन्दलाई बनाउने निर्णय लिएका थिए ।

सर्वोच्चले चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय खारेज गर्दै वरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारका नाममा निर्णय दिएको थियो । 

अदालतको उक्त निर्णयप्रति कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले समेत ‘कार्यकारिणी अधिकारमाथि अदालतको हस्तक्षेप भएको’ निर्णय लिएको थियो । उक्त निर्णय सभापति देउवाकै आग्रहमा आएको थियो ।

त्यही बेलादेखि देउवा र निधिको सम्बन्ध धमिलिएको थियो । बुधबार पनि देउवा र निधिबीच महानिरीक्षक नियुक्तिका विषयमा छलफल भउको थियो । देउवाले चन्दलाई पुनः महानिरीक्षक बनाउनुपर्ने दबाब दिएका थिए ।  -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त