2026-07-11 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद अवरुद्ध एमालेको अन्ध पार्टीगत स्वार्थ हो: श्रेष्ठ

2021-12-15

मङ्सिर २९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा भएको बताएका छन्। बुधवार सामाजिक सञ्जालमार्फत श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मासाथ गर्दै संसद सुचारु गर्न एमालेलाई अपिल समेत गरे।

उनले संसद अवरुद्ध गरिरहेर एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरेको आरोप लगाएका छन्। ‘नेकपा (एमाले )ले संघीय संसदको बैठक लगातार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ। अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै संसद सुचारु गर्न नेकपा( एमाले)लाई गम्भीर अपिल गर्दछु,’ श्रेष्ठले भनेका छन्।

मंगलबारबाट सुरु भएको प्रतिनिधिसभाको दशौं र राष्ट्रिय सभाको एघारौं अधिवेशनको पहिलो बैठक पनि एमाले अवरुद्ध गरेको छ। अघिल्लो अधिवेशनभरि पनि एमालेले संसद्मा विरोध र नाराबाजी जारी राखेको थियो। जसका कारण कैयौं महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेका थिएनन्। मंगलबार बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरू ‘बेल’ घेर्न पुगेका थिए। एकीकृत समाजवादीका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले सांसदहरूले संसद् बैठक बन्धक बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो