७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन आयोगको निर्देशन

२९ चैत्र २०७३, मंगलवार १३:४२

नारायण न्यौपाने/चैत २९, काठमाडौँ । निर्वाचन आयोगले वैदेशिक सहयोगको निर्भरतालाई कम गर्ने तथा आन्तरिक खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन निर्वाचनमा खटिएका राष्ट्रसेवकलाई निर्देशन दिएको छ । 

आगामी विसं २०७४ वैशाख ३१ गते हुन लागेको निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षणमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त निर्देशन दिनुभएको हो । 

आयोगले निर्वाचनको जिम्मेवारी पूरा गर्ने सिलसिलामा अत्यावश्यक सामग्री छिमेकी मुलुक भारत र चीन तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमजस्ता संस्थाबाट सहयोग लिन लागिएको जनाएको छ । 

आयोगले अघिल्ला निर्वाचनमा खर्च भएको बेरुजु रकम र फछ्र्याैटको अवस्थाबारे जानकारी गराउँदै आगामी निर्वाचनलाई मितव्ययी बनाउनेतर्फ सचेत रहन उहाँहरुलाई सुझाव पनि दिएको हो । 

विसं २०७० मङ्सिर ४ गते भएको संविधानसभाको निर्वाचनमा खर्च भएको रकममध्ये १३ करोड ५१ लाख ४४ हजार ३३२ बेरुजु रहेको आयोगले जनाएको छ । 

त्यसमध्ये हालसम्म केबल पाँच लाख १६ हजार ४०८ मात्र असुली भएको आयोगको लेखा शाखाबाट थाहा भएको छ । निर्वाचन शीर्षकमा तोकिएकोभन्दा बढी खर्च गरेको, मतगणनामा तोकिएकोभन्दा बढी व्यक्ति समावेश गरेर भुक्तानी गरेको, निर्देशिका र बिल भौचरभन्दा बढी खर्च गरेको पाइएको बताइएको छ । 

आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालनका लागि पहिलो किस्ताका रुपमा रु ४५ करोड रकम पठाउन लागेको जनाएको छ । 

सरकारले आगामी स्थानीय तहको निर्वाचनका लागि रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार बजेट निकासा गरेको छ । आयोगले आगामी निर्वाचनका लागि एक लाख २६ हजार कर्मचारी खटाउने जनाएको छ । आगामी निर्वाचनका लागि आयोगले एक करोड, ४० लाख ५४ हजार ४८२ मतदाता नामावली स्वीकृत गरिसकेको छ । 

संयुक्त सङ्घीय विकास कार्यक्रम युएनडिपीले आगामी निर्वाचनमा प्रिन्टर मेसिन, टोनर, ल्यापटप, डेक्सटप कम्प्युटर, प्रोजेक्टर, निर्वाचन अधिकृतले प्रयोग गर्ने झोला सहयोगस्वरुप उपलब्ध गराउनेछ । 

आयोगले विभिन्न शीर्षकमा बजेटको वर्गीकरण र व्याख्याले बजेटलाई सरल, व्यवस्थित, मितव्ययी, विश्वसनीय, तुलनायोग्य र पारदर्शी बनाई आर्थिक अनुशासन कायम गर्न गराउन सहयोग पुग्ने विश्वास लिएको छ । 

आचारसंहिता उल्लङ्घन भएको आरोपसहित एकाउन्न उजुरी दर्ता 

निर्वाचन आचारसंहिता समितिसमक्ष पेस भएका एक हजार ९६ निवेदनमध्ये एक हजार ३४ को हुन्छ वा हुन्न भन्ने ढङ्गबाट फरफारक भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आयोगमा सबैभन्दा धेरै सहमति मागको निवेदन परेका छन् । 

आठ सय १४ निवेदन सहमति माग सम्बन्धमा रहेकामा त्यसमध्ये काज ५२, सरुवा ९५, बढुवा ३६, स्वदेश भ्रमण ६३, विदेश भ्रमण ३१४ रहेको छ । आयोगले ३६ काज, ४९ सरुवा, २२ बढुवा, ४० स्वदेश र १७७ विदेश भ्रमणलाई सहमति दिएको जनाएको छ । 

त्यस्तै, काज पाँच, सरुवा ३४, बढुवा तीन, स्वदेश भ्रमण १४ र विदेश भ्रमणसम्बन्धी ९९ निवेदनलाई सहमति नदिइएको जनाइएको छ । सम्बन्धित निकायमा ३८ वटा पत्रबारे थप विवरण खुलाएर पठाउन भनेको तथा १३ उजुरी र १७ निवेदन तामेलीमा राखिएको आयोगले जनाएको छ । आयोगमा परेका १३ वटा बेनामे उजुरीबारे भने अनुसन्धान भइरहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी