बैशाख २०, काठमाडौं । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् । 

त"/> Sajhasabal

बैशाख २०, काठमाडौं । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् । 

त"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्यासी

२० बैशाख २०७४, बुधबार ००:५७


बैशाख २०, काठमाडौं । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् । 

त्यतिबेला श्रेष्ठले आफू मात्र होइन अरूलाई समेत सहभागी नहुन भन्दै सक्रियतापूर्वक निर्वाचन बहिष्कार गरेका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा–माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गरेसँगै उनी पनि निर्वाचनको प्रतिरोधमा उत्रिए । तिनै श्रेष्ठले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकारसमेत रहेका श्रेष्ठले पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट स्वतन्त्र रूपमा मेयरका लागि मनोनयन दर्ता गरेका हुन् । उनीसँगै पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका लागि सावित्री खरेलले मनोनयन दर्ता गराएकी छन् ।

दोस्रो संविधानसभा निर्वाचन बहिष्कारका लागि उनी काठमाडौंमा खटिएकी थिइन् । उनलाई पार्टीले अमर आदर्श स्कुल मतदान केन्द्रलाई केन्द्रमा राखेर निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्नका लागि नेतृत्व दिएको थियो ।

‘हामीले यसपटक निर्वाचनलाई उपयोग गर्दै जाने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘त्यसैले पनि निर्वाचनमा सहभागी भएर जनतासँग विकासका गतिविधिमा सहभागी हुन उम्मेदवारी दिएका हौं ।’ उनले निर्वाचन बहिष्कार गर्दा प्रश्न गर्नेहरू अहिले निर्वाचनमा सहभागी हुँदासमेत प्रश्न उठाइरहेको भन्दै आश्चर्य व्यक्त गरिन् ।

संविधानसभाको दोस्रो निर्वाचन अन्तरिम संविधानको मर्मविपरीत भएका कारण बहिष्कार गरेको बताउँदै मेयरका उम्मेदवार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा विकासका लागि सहभागी भएको बताए । ‘हामी विकास विरोधी होइनौं, हामीले जनतासँग जोडिएर जनताका जीवनस्तर सुधार गर्नका लागि निर्वाचनमा सहभागी हुँदै छौं,’ उनले भने ।

उनीहरूसँगै भरतपुर महानगरपालिकामा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का तर्फबाट अम्बिका मुडवरीले मनोनयन दर्ता गरेकी छन् । देजमोको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी मुडवरी २०७० सालको संविधानसभाको निर्वाचनमा चितवन जिल्लाको जिल्ला सह–इन्चार्ज थिइन् । अहिले आफूहरू विकास र जनतासँग जोडिनका लागि निर्वाचनमा होमिएको उनले राजधानीसँग बताइन् । ‘यसको मतलव हामीले आफैंले जलाएको संविधान मान्यौं भन्ने होइन, उनले भनिन्, ‘स्थानीय तहको निर्वाचन विकाससँग जोडिएकाले क्रान्तिकारी उपयोग गर्ने भनेका हौं ।’

क्रान्तिकारी माओवादीका तर्फबाट उपत्यकाको अर्को महानगरपालिका ललितपुर महानगरपालिकाको मेयरमा विजय खड्गी, उपमेयरमा इन्दिरा अधिकारीले उम्मेदवारी दिएका छन् । त्यस्तै, पोखरा लेखनाथ महानगरपालिकामा भीमबहादुर श्रीसले मेयर र कल्पना थापाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगमा क्रान्तिकारी माओवादी दर्ता छैन । आयोगले निर्वाचन चिह्न नदिएपछि पार्टीले सबै तहमा स्वतन्त्र रूपमा उम्मेदवार खडा गरेको हो । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय