2026-09-18 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

जेठ ८, काठमाडौँ | नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आरजुले दिएको उजुरीमाथि छानबिन मात्र गरेको छैन, अडियोमा उल्लेख गरिएको विषयबारे अनुसन्धान पनि गरिरहेको छ । साथै पूर्वगृहमन्त्री रामबहादुर थापाले पनि यो विषयमा उन्मुक्ति पाउने अवस्था देखिन्न । उनका छोरा प्रतीक थापा पक्राउ नपरेकाले पूर्वगृहमन्त्री थापालाई पक्राउ गर्ने आधार नभेटिएको बताइएको छ । प्रहरीले उनलाई शंकाको घेरामा राखिरहेको छ ।

‘आरजुले दिएको उजुरीमा दोहोरो अनुसन्धान भइरहेको छ । एकातर्फ साइबर ब्युरोले प्राविधिक पाटो हेरिरहेको छ भने अर्कातर्फ अडियोले दिएको सन्देशलाई प्रमाणित गर्ने कुनै आधार फेला पर्छ कि भनेर अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसकै लागि पूरक निवेदन लिइएको हो, उहाँलगायत अडियोमा उल्लेख भएका व्यक्तिहरूबारे अनुसन्धान हुन्छ ।’ प्रहरीका अनुसार छोरा प्रतीक पक्राउ नपर्दा स्पष्ट ‘कनेक्सन’ नभेटेर पूर्वगृहमन्त्री थापा जोगिएका हुन् । यो समाचार  नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई