मेक्सिकोमा छ महिनाको अवधिमा छ पत्रकार मारिए

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

असार १३, मेक्सिको सिटी । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् ।

उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको थियो । उनी अपहरणमा परेको समाचारपछि प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो । तर प्रहरीले उनको जिवीतै उद्वार गर्न सकेन ।

साल्भादोर आदामे नामका ती पत्रकार मेक्सिकोको एक स्थानीय टेलिभिजनका प्रमुख हुन् । स्थानीय टेलिभिजनमा सुरुमा सम्वाददाता र हाल प्रमुख लगानीकर्ताका रुपमा उनी कार्यरत थिए ।

उनलाई मे १८ मा बन्दुकधारीहरुले आफ्नै कार्यालय नुएबा इटालियाबाट घेरामा हालेर अपहरण गरेका थिए । मुखका माक्स लगाएका बन्दुकधारीले अपहरण गरी लगेका थिए र ती अपहरणकारीको पहिचान खुल्न सकेको थिएन ।

उनी यसबर्ष मेक्सिकोमा हत्या भएका पत्रकारमध्ये छैठौँ हुन् । यसरी यस वर्ष हरेक महिना एकजना पत्रकार मेक्सिकोमा मारिन पुगेका छन् ।

यहाँ सन् २०० यता उनी समेतगरी कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् । मेक्सिको पत्रकारका लागि विश्वकै एक अति जोेखिमयुक्त देशका रुपमा रहेको छ ।

यसरी मारिएका पत्रकारहरुका हत्याराको खोजी भने हुने गरेको छैन । पत्रकार माथि मेक्सिकोमा ठूलो हत्या हिंसा हुने गरेको भए पनि यसको आवश्यक सुनुवाई भने कुनै पनि निकायबाट हुने गरेको छैन ।

यहाँको र विश्वकै पत्रकारिता र पत्रकारको अधिकारसँग सम्बन्धित निकायहरुका अनुसार पत्रकारका हत्यारालाई मेक्सिकोमा कारबाही नहुनाले नै यहाँको पत्रकारिता व्यवसाय नै जोखिमपूर्ण हुदै गएको छ ।

यी संस्थाहरुद्वारा हालै प्रकाशित एक प्रतिवेदनअनुसार पत्रकार हत्याका कम्तीमा पनि ९० प्रतिशत घटनामा सम्लग्नमाथि कारबाही नै भएको छैन ।

यसरी ९० प्रतिशत हत्यारामाथि नै कारबाही नभएपछि यहाँ दण्डहीनता दिन प्रतिदिन बढेको र पत्रकारहरुमाथि हिंसात्मक हमला हुने गरेको बताइएको छ ।

अदामेको शव जलाइएको अवस्थामा पाइएको थियो । डिएनए परीक्षण पछि शव उनैको भएको पुष्टि प्रहरीले गरेको छ । प्रहरीले उनका हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्ने जनाएको छ ।

मेक्सिकोका पत्रकारहरुले यहाँका राष्ट्रपतिसँग उनीहरुको सुरक्षाको विषयमा ध्यानाकर्षण गराएका थिए । त्यस क्रममा राष्ट्रपतिले पत्रकारको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको सार्वजनिक गरेको दुई दिनपछि मे १८ पत्रकार आदानेको अपहरण भएको थियो ।

रिपोर्टर्स् विदाउट बोर्डरका अनुसार मेक्सिको विश्वमा पत्रकारको हत्या हिंसा हुने देशको उच्च जोखिममा पर्दछ । सो संस्थाका अनुसार पत्रकारमाथि हुने हिंसाको विश्व सूचीमा मेक्सिको तेस्रो स्थानमा पर्दछ ।

विश्वमा पत्रकार मारिने जोखिमको सूचीमा सिरिया पहिलो स्थानमा र अफगानिस्तान दोस्रोमा पर्दछ । सिरियामा पछिल्लो समयमा सरकारका विरुद्धमा सुरु भएको आन्दोलन हिंसा र गृहयुद्धमा परिणत भएको छ । जसले गर्दा यहाँका पत्रकारहरु सरकारी र विद्रोही सेनाको बन्दुकका निशाना बन्नु परेको छ ।

त्यस्तै पत्रकार मारिने विश्वको दोस्रो सूचीमा पर्ने अफगानिस्तानमा पनि तालिबानहरुले पत्रकारलाई तारो बनाउने गरेका छन् । गत बर्षमात्र मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । यसरी यहाँ हरेक महिना एकजना पत्रकारले ज्यान गुमाउने गरेको तथ्याङ्क छन् ।

पत्रकारहरुले यस्ता आक्रमणको विरोधगर्र्दै पत्रकारको सुरक्षाका लागि सरकारसँग बिशेष आग्रह गर्ने गरेका छन् । तर पनि सरकारले भने पत्रकारका हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन । रासस/एएफपी

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply