सोमबार यहाँ कम विकसित मुलुकहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोमबार यहाँ कम विकसित मुलुकहरुक"/>
२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४ बर्ष भित्र नेपाल विकासशील मुलुक !

२०७४, ६ भाद्र मंगलवार ०७:१२

भदौ ६, काठमाडौँ | सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । 

सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशंकर घिमिरेले उक्त कुरा बताउनुभएको हो । 

सहसचिव घिमिरेका अनुसार आयोगले आफ्नो १२औँ आवधिक योजनामा निर्धारित सन् २०३० सम्मको लक्ष्यभन्दा अघि बढेर १३औँ आवधिक योजनामा सन् २०२२ सम्ममा मुलुकलाई अति कम विकसित मुलुकको समूहबाट स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गरिसकेको छ । 

त्यसका लागि भ्रष्टाचारको न्यूनीकरण, सुशासन, राजनीतिक स्थिरता ल्याई अधिक विकास र सामाजिक विकासमा जोड दिनुपर्ने पनि घिमिरेको भनाइ छ ।

एलडिसीका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले २०१७ देखि २०२४ सम्ममा नेपाललगायत केही मुलुक विकासशील मुलुकका रुपमा जाने र त्यसका लागि आर्थिक र सामाजिक विकासले सकारात्मक फड्को मार्नुपर्ने धारणा राख्नुभयो । गोष्ठीमा १२ बुँदे नागरिक समाज संगठनको काठमाडौँ घोषणापत्र पनि पारित गरिएको छ । 

घोषणापत्रमा मुख्य गरी निकासी अभिवृद्धिका लागि नेपाल व्यापार एकीकरण रणनीति, २०१६ प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने, उत्पादन तथा पूर्वाधार विकासमा लगानीकर्ताका रुपमा उनीहरुको भूमिकालाई माथि उठाउनका लागि निजी क्षेत्र र विकास साझेदारीलाई जोडदार आह्वान गर्ने, वित्तीय खाडललाई पूर्ति गर्न प्रत्यक्ष वैदेशिक लगानीलाइ आकर्षित गर्न उपयुक्त वातावरण सिर्जना गर्नेजस्ता बुँदा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना