2026-09-24 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रोजगारीले यसरि उजाडियो बास, श्रीमान् फर्किएपछि श्रीमती विदेशतिर

भदौ ६, काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवास्थित पुरानो जिल्ला प्रशासन नजिकै बद्रिप्रसाद लुईंटेल बस्नुहुन्छ । 

रातो र सेतो रङ लगाएको घर टाढाबाट हेर्दा चिटिक्क देखिन्छ । तर नजिकै पुग्दा घरको आँगन भने उतिसारो सफा छैन् । पेटीसम्म दुवोले छोपेको छ । घरका सरसामान आँगन र पेटीमा छरपस्ट छन् । निलो रङको लुङ्गी र रातो गन्जी लगाएका बद्रिप्रसाद सुतिरहनु भएको छ ।

बिरामी भएर उहाँ सुत्नुभएको होइन । बिहानै चर्किएको घाम छल्न शितल तापिरहेका बद्रिप्रसादको मन भने भतभति पोलिरहेको छ । खटमा पल्टिरहेका उहाँलाई आँखै अगाडिको अर्को घर देख्दा छटपटी हुन्छ । 

पल्लो घर कुनैबेला उहाँको सम्पत्ति थियो । तर विदेश जाँदाको ऋण तिर्न नसकेपछि बेच्नु परेको थियो । सुनसरीको जिल्ला प्रशासन कार्यालय अघिल्तिर बसेर दिनभरी लेखन्दासको काम गर्ने बद्रिप्रसाद कामको समय बाहेक त्यसरी नै खटमा पल्टिएर पुरानो घरको आँगन नियाल्नुहुन्छ। 

घर साहुको नाममा भएपनि उहाँको मन त्यो घरबाट टाढा हट्न सकेको छैन । घर साहुले लिलाम घरेपछि घरसँगै बलेसी जोडिएकोे घरमा दुईवाटा कोठा भाडामा लिएर बस्नुभएको छ । तर त्यहाँ बस्न पनि सुख छैन् । घरधनीले यही महिनाभित्र केठा खाली गरिदिन भनिरहेका छन्।

हुँदा खाँदाको सम्पत्ति बेच्नु परेपछि बद्रिप्रसादको मन पछुतोको भारीले भरिएको छ । भन्नुहुन्छ, सम्पतीको नाममा त्यही घर थियो, विदेशले त्यो पनि लाग्यो।’ बद्रिप्रसादलाई हिजोआज विदेश गएर ठूलो गल्ती गरेछु भन्ने लाग्छ । सम्पती कमाउला जमाउला भन्ने सपना बोकेर परदेश गएका बद्रिप्रसादको भएको सम्पत्ति पनि बाँकी रहेन। 

छँदाखाँदाको काम छाडेर विदेश 

२०६० सालमा मलेसिया जाँदा उहाँले घर धितो राखेर ७० हजार ऋण लिनुभएको थियो । २० वर्ष अघिदेखि नै लेखन्दासको काम गर्ने उहाँको त्यसकै कमाइले जेनतेन घर चलेको थियो।

बद्रि आफैपनि विदेश जान चाहनेलाई म्यानपावरसँग कुरा गरिदिने लगायतका काम गर्नुहुन्थ्यो । उहाँले म्यानपावरसँग चिनजान गराएका सबैले राम्रै कमाएर फर्किए । त्यो देखेपछि बद्रिप्रसादलाई पनि विदेश जाने रहर पलायो। 

उहाँको विदेश जाने रहर आफन्तैले पूरा गरे । ‘मोवाइल बनाउने फ्याक्ट्री हो काम पनि राम्रो हुन्छ भने, मैले पनि राम्रै होला भन्ठाने के हुन्थ्यो,’ बद्रिप्रसादले भन्नुभयो । परिवार भित्रकै मान्छेले यति भने पछि उहाँ घरै धितो राखेर मलेसिया जानुभयो। 

‘आफन्तले दुई वटा सम्झौता पत्रमा सहि गराएछन् ‘

जाने बेलामा उहाँलाई दुई वटा कागजमा सहि गराएको थियो । आफन्तले नै सबै कुरा मिलाएकाले उहाँले के हो भनेर सोध्नुपनि भएन् । बद्रिप्रसादलाई पछि मात्र थाहा भयो । त्यो मोवाइल फ्याक्ट्रीको कामको लागि सहि नगराई अर्कै कामको सम्झौता पत्र रहेछ।

उहाँले मलेसियामा पानीजहाजको पाता बनाउने कम्पनीमा काम पाउनुभयो । पाँच सय रिंगिट मासिक तलव थियो । तर त्यो पनि त्यही पैसाबाट खानबस्न पथ्र्यो। ठूलाठूला पाता उचाल्नु पर्ने भएपछि उहाँलाई काम गर्न निकै गाह्रो भयो । पत्थरीको अपरेशन गरेपछि उहाँले गह्रौं काम गर्न सक्नुहुन्नथ्यो।

फेरि जाने बेलामा पनि उहाँले दलाललाई गह्रौं काममा नपठाउनु भन्नुभएको थियो । तर जे नहुनु पर्ने त्यही भयो । बद्रिप्रसाद विरामी पर्न थाल्नुभयो । ‘पिसावमा रगत देखिन थाल्यो, मैले काम गर्न सकिन,’ मलेसियामा विरामी परेको कुरा सुनाउन थालेपछि बद्रिप्रसादका आँखा रसाए । पिसावमा रगत देखिएपछि उहाँले काम गर्न सक्नुभएन । झण्डै डेढ महिना काम विरामी भएर थलिएपछि उहाँलाई कम्पनीले नेपाल फर्काइदियो।

सात महिनापछि नेपाल फर्कंदा उहाँले घरै धितो राखेर लिएको ऋणको ब्याज पनि तिर्नु भएको थिएन । घर आएपछि पनि निको हुन समय लाग्यो । विस्तारै उहाँले पहिले कै काम गर्न थाल्नुभयो । तर त्यसरी कमाएको पैसाले बिहान बेलुकाको छाक टार्न मात्र पुग्थ्यो।

श्रीमान् फर्किएपछि श्रीमती विदेशतिर 

बद्रिप्रसाद फर्किएपछि उहाँकी श्रीमती बिमला लुर्इंटेल ऋण तिर्नकै लागि कुवेत जानुभयो । तर उहाँको पनि कमाइ भएन । ‘साहुले पनि ६ वर्ष सम्म कुरे तिर्न नसकेपछि घरै दिनुपयो’ उहाँले ७० हजारको दोब्बर एक लाख ४० हजारमा साहुले घर लिए।

साहुले घर लिएपछि उहाँको नाममा पाइला टेक्ने जमिन पनि छैन । भाडामा बसिरहेका बद्रिप्रसादको परिवारलाई घर गुमाउनु पर्दा साह्रै पीडा छ। ५५ वर्ष लागेका बद्रिप्रसादलाई कमाएर फेरि घर जोडौंला भन्ने आश छैन । लेखन्दासको कामबाट उहाँले मासिक २५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ । यो कमाइले उहाँको चार जनाको परिवार पाल्न मात्र पुग्छ।

आफ्नैले फसाएकोमा उहाँलाई चित्त दुखेको छ । भन्नुहुन्छ, ‘त्यसरी ढाटेर विदेश नपठाएको भए धनको भकारी नभएपनि घर त हुन्थ्यो ।’ त्यसैले उहाँ विदेशजान लागेकालाई सुझाव दिनुहुन्छ, ‘आफ्ना भनेर विश्वासमा परदेश नजानु, पैसा नफसाउनु।’ -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो