३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार

९ आश्विन २०७४, सोमबार ११:३३

रमेश लम्साल। असोज ९, काठमाडौँ। नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन् । 

प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सिमेन्ट अभाव देखिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिआयोजनामा दैनिक १०० टनदेखि २०० टनसम्म सिमेन्ट आवश्यक पर्ने जानकारी दिनुभयो । 

सरकारी आयोजनामा प्रयोग हुने सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर तिर्नु नपर्ने र सोझै आयोजनास्थलमा पुग्ने गरेका छन् । तर नेपाली सिमेन्टले भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ । 

नेपाली बजारमा कुनै पनि प्रकारका सिमेन्ट अभाव नभएको सिमेन्ट उद्योगीको भनाइ छ । सिमेन्ट अभाव भए सिमेन्ट उद्योगले २० बोरा किन्दा एक बोरा छुटको योजना दिएर किन बजारमा आउँथे भन्ने उद्योगीको भनाइ छ तर प्राधिकरणले भने नेपाली सिमेन्ट तत्काल नजम्ने भएकाले सबै निर्माण कार्यमा प्रभावकारी नहुने जनाउँदै आएको छ । 

भारतीय सिमेन्टलाई पनि नापतौल तथा गुणस्तर विभागले गुणस्तर चिह्न लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । चालू आवको बजेट वक्तव्यमा नेपाल आयात हुने सबै प्रकारका सिमेन्टले गुणस्तर चिह्न लिनैपर्ने उल्लेख छ । 

नेपालका अधिकांश सरकारी आयोजनाले नेपाली सिमेन्ट प्रयोग गर्ने गरेका छैनन् तर प्राधिकरणले भने नेपाली सिमेन्ट शतप्रतिशत गुणस्तरीय नरहेको बताउँदै आएको छ । 

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका नेपाली सिमेन्ट नबिकेर अनेकन योजना ल्याइरहेका बेला बजारमा सिमेन्ट पाइएन भन्नु गलत भएको बताउनुहुन्छ । 

चाडबाडको समयमा सिमेन्ट उद्योग दैनिक एक कार्यसमय मात्रै चलेको र बजारमा कुनै पनि प्रकारको अभाव नभएको र ‘स्टे«न्थ चेक अप’को नाममा नेपाली सिमेन्ट प्रयोग नभएको उहाँको भनाइ छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले नेपाली सिमेन्ट प्रयोग गरेर नै आयोजना बनाइरहेको र अधिकांश नेपाली सिमेन्टले गुणस्तर चिह्न लिइसकेका बेला भारतीय सिमेन्ट पनि उक्त चिह्न लिनुपर्छ भन्ने विषय जायज भएको पूर्व अध्यक्ष मुरारकाको भनाइ छ । 

चालू आवको बजेट वक्तव्यमा सरकारले नेपाली सिमेन्ट उद्योगको पक्षमा निर्णय गरेको छ तर सोही प्रावधान हटाउन भारतीय सिमेन्ट आयातकर्ताले अनावश्यक हल्ला फिजाएको र आयोजनामा सिमेन्ट पाइएन भन्नेजस्ता दुस्प्रचार गरेको उद्योगीको भनाइ छ । नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा कुनै पनि प्रकारको सिमेन्ट अभाव नभएको बताउनुहुन्छ । “सबै हल्ला हुन्, बजारमा पर्याप्त मात्रामा सिमेन्ट छ”, उहाँको जोड छ । 

नेपाली सिमेन्ट उद्योगीले उत्पादन गरेको सिमेन्ट भारतीय बजारमा लैजाँदा आइएसआई चिह्न लिनैपर्ने बाध्यकारी व्यवस्था छ । नेपाल आउने सिमेन्टले पनि नेपाली गुणस्तर प्रमाणपत्र चिह्न लिनै पर्ने प्रावधान जायज र नेपाली सिमेन्ट उद्योगको हितमा रहेको उद्योगीको भनाइ छ । 

पछिल्लो समयमा नेपाली सिमेन्ट उद्योगसमेत बढेको र उत्पादन क्षमतासमेत बढेका कारण आन्तरिकरुपमा नै आत्मनिर्भर हुने अवस्थामा पुगेको कसमस सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक प्रबलजंग पाण्डे बताउनुहुन्छ । नेपाली सिमेन्ट उद्योगलाई पनि मूल्य अभिवृद्धि कर छुट दिएर आयोजनामा लगाउनुपर्ने उहाँको भनाइ छ । 

नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट नापतौल तथा गुणस्तर विभागले परीक्षण गर्ने गरेको र उसको शर्त बमोजिम नै उत्पादन भएको दाबी गर्दैे बजारमा सिमेन्ट अभाव भयो, आयोजना रोकिए भन्ने विषय नै गलत भएको पाण्डे बताउनुहुन्छ तर नेपाली सिमेन्ट उद्योगमध्ये केही सिमेन्ट छिटो नजम्ने हुन नसक्ने र केही समय लाग्ने भएकाले पनि प्राधिकरण र उसका सहायक कम्पनीले लिन अस्वीकार गरेको हुन सक्ने देखिन्छ । 

प्राधिकरणले भने दुई महिनासम्म लगाएर स्टे«न्थ चेक अप गराउनुपर्ने भए पनि परीक्षणमा नआएको बताउने गरेको छ । उदयपुर हेटौँडा सिमेन्टको स्ट्रेन्थ पुग्ने भए पनि मागअनुसार आपूर्ति गर्न नसक्ने प्राधिकरणको भनाइ छ । 

अधिकांश नेपाली सिमेन्ट उद्योगले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन् । नापतौल तथा गुणस्तर विभागले ५३ ग्रेडको मान्यता दिएको छैन । सोही कारण आयातकर्ताले गलत प्रचार गराएको उद्योगीको भनाइ छ । 

भारतबाट कति परिमाणमा सिमेन्ट आयात हुने हो, त्यसको कुनै लेखाजोखा छैन । नेपाली उद्योगको विकास र विस्तार गर्ने हो भने गुणस्तरयुक्त सिमेन्ट उत्पादनमा समेत जोड दिनुपर्ने छ । तर त्यसतर्फ कुनै ध्यान दिइएको छैन । 

हाल तीन दर्जन सिमेन्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरुले दैनिक ३० हजार टन बढी सिमेन्ट उत्पादन गर्छन् तर गुणस्तरको विषय देखाएर सिमेन्ट अभाव भयो भनेर गरिने प्रचार भने गलत भएको उद्योगीको भनाइ छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही