२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार

२०७४, ९ आश्विन सोमबार ११:३३

रमेश लम्साल। असोज ९, काठमाडौँ। नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन् । 

प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सिमेन्ट अभाव देखिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिआयोजनामा दैनिक १०० टनदेखि २०० टनसम्म सिमेन्ट आवश्यक पर्ने जानकारी दिनुभयो । 

सरकारी आयोजनामा प्रयोग हुने सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर तिर्नु नपर्ने र सोझै आयोजनास्थलमा पुग्ने गरेका छन् । तर नेपाली सिमेन्टले भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ । 

नेपाली बजारमा कुनै पनि प्रकारका सिमेन्ट अभाव नभएको सिमेन्ट उद्योगीको भनाइ छ । सिमेन्ट अभाव भए सिमेन्ट उद्योगले २० बोरा किन्दा एक बोरा छुटको योजना दिएर किन बजारमा आउँथे भन्ने उद्योगीको भनाइ छ तर प्राधिकरणले भने नेपाली सिमेन्ट तत्काल नजम्ने भएकाले सबै निर्माण कार्यमा प्रभावकारी नहुने जनाउँदै आएको छ । 

भारतीय सिमेन्टलाई पनि नापतौल तथा गुणस्तर विभागले गुणस्तर चिह्न लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । चालू आवको बजेट वक्तव्यमा नेपाल आयात हुने सबै प्रकारका सिमेन्टले गुणस्तर चिह्न लिनैपर्ने उल्लेख छ । 

नेपालका अधिकांश सरकारी आयोजनाले नेपाली सिमेन्ट प्रयोग गर्ने गरेका छैनन् तर प्राधिकरणले भने नेपाली सिमेन्ट शतप्रतिशत गुणस्तरीय नरहेको बताउँदै आएको छ । 

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका नेपाली सिमेन्ट नबिकेर अनेकन योजना ल्याइरहेका बेला बजारमा सिमेन्ट पाइएन भन्नु गलत भएको बताउनुहुन्छ । 

चाडबाडको समयमा सिमेन्ट उद्योग दैनिक एक कार्यसमय मात्रै चलेको र बजारमा कुनै पनि प्रकारको अभाव नभएको र ‘स्टे«न्थ चेक अप’को नाममा नेपाली सिमेन्ट प्रयोग नभएको उहाँको भनाइ छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले नेपाली सिमेन्ट प्रयोग गरेर नै आयोजना बनाइरहेको र अधिकांश नेपाली सिमेन्टले गुणस्तर चिह्न लिइसकेका बेला भारतीय सिमेन्ट पनि उक्त चिह्न लिनुपर्छ भन्ने विषय जायज भएको पूर्व अध्यक्ष मुरारकाको भनाइ छ । 

चालू आवको बजेट वक्तव्यमा सरकारले नेपाली सिमेन्ट उद्योगको पक्षमा निर्णय गरेको छ तर सोही प्रावधान हटाउन भारतीय सिमेन्ट आयातकर्ताले अनावश्यक हल्ला फिजाएको र आयोजनामा सिमेन्ट पाइएन भन्नेजस्ता दुस्प्रचार गरेको उद्योगीको भनाइ छ । नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा कुनै पनि प्रकारको सिमेन्ट अभाव नभएको बताउनुहुन्छ । “सबै हल्ला हुन्, बजारमा पर्याप्त मात्रामा सिमेन्ट छ”, उहाँको जोड छ । 

नेपाली सिमेन्ट उद्योगीले उत्पादन गरेको सिमेन्ट भारतीय बजारमा लैजाँदा आइएसआई चिह्न लिनैपर्ने बाध्यकारी व्यवस्था छ । नेपाल आउने सिमेन्टले पनि नेपाली गुणस्तर प्रमाणपत्र चिह्न लिनै पर्ने प्रावधान जायज र नेपाली सिमेन्ट उद्योगको हितमा रहेको उद्योगीको भनाइ छ । 

पछिल्लो समयमा नेपाली सिमेन्ट उद्योगसमेत बढेको र उत्पादन क्षमतासमेत बढेका कारण आन्तरिकरुपमा नै आत्मनिर्भर हुने अवस्थामा पुगेको कसमस सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक प्रबलजंग पाण्डे बताउनुहुन्छ । नेपाली सिमेन्ट उद्योगलाई पनि मूल्य अभिवृद्धि कर छुट दिएर आयोजनामा लगाउनुपर्ने उहाँको भनाइ छ । 

नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट नापतौल तथा गुणस्तर विभागले परीक्षण गर्ने गरेको र उसको शर्त बमोजिम नै उत्पादन भएको दाबी गर्दैे बजारमा सिमेन्ट अभाव भयो, आयोजना रोकिए भन्ने विषय नै गलत भएको पाण्डे बताउनुहुन्छ तर नेपाली सिमेन्ट उद्योगमध्ये केही सिमेन्ट छिटो नजम्ने हुन नसक्ने र केही समय लाग्ने भएकाले पनि प्राधिकरण र उसका सहायक कम्पनीले लिन अस्वीकार गरेको हुन सक्ने देखिन्छ । 

प्राधिकरणले भने दुई महिनासम्म लगाएर स्टे«न्थ चेक अप गराउनुपर्ने भए पनि परीक्षणमा नआएको बताउने गरेको छ । उदयपुर हेटौँडा सिमेन्टको स्ट्रेन्थ पुग्ने भए पनि मागअनुसार आपूर्ति गर्न नसक्ने प्राधिकरणको भनाइ छ । 

अधिकांश नेपाली सिमेन्ट उद्योगले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन् । नापतौल तथा गुणस्तर विभागले ५३ ग्रेडको मान्यता दिएको छैन । सोही कारण आयातकर्ताले गलत प्रचार गराएको उद्योगीको भनाइ छ । 

भारतबाट कति परिमाणमा सिमेन्ट आयात हुने हो, त्यसको कुनै लेखाजोखा छैन । नेपाली उद्योगको विकास र विस्तार गर्ने हो भने गुणस्तरयुक्त सिमेन्ट उत्पादनमा समेत जोड दिनुपर्ने छ । तर त्यसतर्फ कुनै ध्यान दिइएको छैन । 

हाल तीन दर्जन सिमेन्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरुले दैनिक ३० हजार टन बढी सिमेन्ट उत्पादन गर्छन् तर गुणस्तरको विषय देखाएर सिमेन्ट अभाव भयो भनेर गरिने प्रचार भने गलत भएको उद्योगीको भनाइ छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो