पुस ६, काठमाडौं | अघिल्लो दिनको तुलनामा आज बिभिन्न देशको विनिमय दररेट बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलर बराबर १०२ रुपयाँ २८ पैसा र बिक्रीदर १०२ रुपयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर २७ रुपैयाँ २७ पैसा र विक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र विक्रिदर २८ रुपैयाँ ०१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ११ पैसा र विक्रिदर २५ रुपैयाँ २५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

आजको विनिमय दररेट यस्तो छ:-