२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाले जापानलाई भन्यो- ‘अघिल्लो सम्झौताबाट यौनदाशी मुद्दा समाधान हुदैन’

१३ पुष २०७४, बिहीबार १२:०६

पुस १३, सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताउनुभएको छ । 

जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा यी दुई देशबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ । 

जसका कारण यी दुई देशबीच सन् २०१५ मा एक सम्झौता भएको थियो । त्यस सम्झौतामा अन्य विषयहरुका अतिरिक्त यसरी दाशी बनाइएका महिलालाई क्षतिपुर्ती स्वरुप पैसा दिने उल्लेख गरिएको थियो । 

तर त्यस सम्झौतालाई दक्षिण कोरियाको सरकारले सुरुमा सहमति जनाएको र पछि ती महिलाले विरोध गरेका कारण उक्त सम्झौता नै विवादमा आएको थियो । 

सो सम्झौताको विषयमा राष्ट्रपति इनका प्रवक्ताले बिहीबार भन्नुभयो– हुनत सो सम्झौता दक्षिण कोरिया र जापानका नेताहरुले सहमति गरेका हुन् र त्यसैबमोजिम सहमति पनि भएको भनिएको छ, तर पनि यसबाट मात्र उक्त समस्याको समाधान हुन्छ भन्ने कुरामा दक्षिण कोरियाका राष्ट्रपति सहमत हुनुहुन्न । 

दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति इनका प्रवक्ता पार्क सु हायनले भन्नुभयो– त्यस समयमा यहाँका पीडित महिलालाई क्षतिपूर्तीस्वरुप पैसादिने भनी गरिएको सहमतिको बारेमा उहाँलाई सुनाउँदा राष्ट्रपति निकै भावुक बन्नुभएको थियो । 

सन् २०१५ मा दक्षिण कोरिया र जापानबीच एक गोप्य सहमति भएको जानकारी दक्षिण कोरियाको विदेशमन्त्रालयले बुधबार मात्र सार्वजनिक गरेको थियो । 

विदेश मन्त्रालयले यस विषयमा गोप्य सहमति भएको भनी जानकारी गराएको भोलिपल्ट नै दक्षिण कोरियाली राष्ट्रपति इनबाट यो प्रतिक्रिया आएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । 

सोलका अनुसार सन् २०१५ मा दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाइ र जापानका प्रधानमन्त्री सिन्जो आबेबीचस सो सम्झौता भएको थियो । उक्त सम्झौताको पीडित महिलाले पनि व्यापक विरोध गरेका थिए । 

यसरी दाश बन्न बाध्य भएका र अहिले पनि जिवीत रहेका महिलाले दक्षिण कोरियाको सरकारले आफ्नो रगतसँग पैसा साटेको भन्दै मानवीय समवेदनाहिन भएर सम्झौताका लागि अघि बढेको भनी आरोप लगाएका थिए । 

दक्षिण कोरियाली पूर्व राष्ट्रपति हाइ हाल निलम्बनमा पर्नुभएको छ । उहाँलाई भ्रष्टाचारको अभियोग लागेको छ । उक्त मुद्दा हाल सर्वाेच्च अदातलमा विचाराधीन छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान