२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुशीको खबर ! बुद्ध एयरले सुरु गर्नेभयो नयाँ उडान

२०७४, ३० पुष आईतवार १४:५४

पुस ३०, काठमाडौं । निजी क्षेत्रको हवाई सेवाप्रदायक बुध्द एयरले आउँदो वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने भएको छ ।

हाल काठमाडौंबाटमात्र उडान गरिररहेको बुद्धले २०७५ सालको नयाँ वर्षदेखि पोखराबाट पनि नेपालगंज दैनिक उडान गर्ने घोषण गरेको छ। पोखरा हब विमानस्थल बनाएर बुद्धले भरतपुर र भैरहवा उडान गरिरहेको छ । गाडीबाट १० देखि १२ घण्टा लाग्ने उक्त रुटमा हवाईसेवा सुरुभएपछि यात्रा छोटिने छ।


सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणमा विदेशीहरुलाई सहज यात्रा होस भनेर उडान सुरु गर्न लागिउको बुद्ध एयरले जानकारी दिएको छ।

बुद्ध एयरले विशेषगरी पोखरा आएका पर्यटकलाई मानसरोबर जान सहज होस भन्ने उद्देश्यबाट उडान सुरु गर्न लागेको हो। भारतीयहरु पोखरा पनि आउन चाहने र मानसरोबर पनि जान चाहने तर गाडीको यात्रा लामोमात्र नभइ कष्टकर पनि भएकोले हवाई उडान सुरु योजना बुद्धले बनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै ह्यांगर भएको बुद्धसँग ७२ सिट भएका एटिआर७२–५०० सिरिजका चार, ४७ सिट क्षमतायुक्त एटिआर ४२–३२० तीन र १८ सिट भएक बिचक्राफ्ट–१९००डी सिरिजका दुइवटा गरी कूल नौं विमान रहेको छन्। अर्को एटिआर ७२–५०० विमान आउने क्रममा छ।

हाल बुद्धले काठाडौंबाट,विराटनगरबाट  र पोखराबाट दैनिक ४५ बढी उडान गरिरहेको छ। त्यस्तै  माउन्टेन,अन्नपुर्ण फ्लाइट पनि गर्छ भने भुटानको पारो र भारतको बनारसमा चार्टर उडान पनि गरिरहेको छ। 

सन् २०२० बाट एयरबस विमान खरिद गरेर अन्तर्राष्ट्रिय उडान सेवा विस्तार गर्ने योजनामा रहेको बुद्धले भारतको कोलकत्ता पनि उडान गर्ने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय