2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वमन्त्री ह्दयराम थानीद्वारा सडक निरीक्षण

पुस ३०, सुर्खेत । पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीलेअन्तरजिल्ला जोड्ने सडकको निरीक्षण गरेका छन् । 

सदरमुकाम वीरेन्द्रनगरदेखी उत्तरी क्षेत्रको रातानाङ्ला, धरमपोखरा हुदैं छिन्चु–जाजरकोट सडकखण्डको बाँखर्क जोड्ने सडकको स्थलगत निरीक्षण गरेका हुन् ।

मतदातासंग भेटघाट गर्न आइतवार चिंगाड गाउँपालिकाको रानीबास, काफलकोट पुगेका थानीले आफ्नो पहलमा निर्माण भएको सो सडकको पछिल्लो अवस्थाबारे जानकारी लिए । 

उक्त सडकले उत्तरी क्षेत्रदेखि पूर्वी क्षेत्र जोड्न महत्वपूर्ण काम गरेकोमा खुशी प्रकट गरे ।पूर्वमन्त्री थानीले उत्तरी क्षेत्रको विकासका लागि कांग्रेसकै पहलमा विकासको रणनीतिक योजना निर्माण गरेको भन्दै अव यस क्षेत्रको विकास द्रुत गतिमा हुने दावी गरे ।

उनले निर्वाचन क्षेत्रलाई कसैको गणराज्य बनाउन नहुने पनि उल्लेख गरे । अहिलेको चुनावमा कांग्रेस पराजित भएपनि अव संगठन र विकासको काम संगसंगै अगाडि लगेर पार्टीलाई पहिलो बनाउने दावी पनि थानीले गरेका छन् ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले चुनाव जित्नकै लागि कम्युनिष्टहरु मिलेको भन्दै कांग्रेस कार्यकर्ताहरुलाई निरास नभइ आफ्नो काममा खट्न सुझाव दिए ।

कांग्रेस क्षेत्रीय सभापति नारायण कोइरालाले पार्टी कार्यकर्ताहरुलाई सक्रिय बनाउनका लागि क्षेत्रीय समितिले प्रशिक्षण गर्ने बताए । रानीबास गाउँ सभापति प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बुदे खत्रीलगायतले बोलेका थिए । त्यसलगत्तै मटेलामा पनि मतदातासंग पूर्वमन्त्री थानीले भेटघाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने