2026-07-25 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई पाकिस्तानले दियो यस्तो कडा चेतावनी, अब के होला स्थिति ?

पुस ३० काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको बयानमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । 

पाकिस्तानले भारतलाई कुनै ‘सम्भावित कारवाही’ का लागि चेतावनी दिँदै आफूसँग भएको परमाणु हतियार पूर्वबाट आउने कुनै पनि खतरासँग सामना गर्न सक्ने गरी बनाइएको जानकारी दिएको छ । 

यसअघि भारतीय सेना प्रमुख विपिन रावतले बुधबार आफ्नो सेना पाकिस्तानको ‘परमाणु धम्की’ सँग सामना थगर्न तयार भएको बताएका थिए । उनले सरकारले आदेश दिएमा भारतीय सेना पाकिस्तानको सीमा पार गर्न कुनै संकोच नराख्ने पनि उल्लेख गरेका थिए । 

सेना प्रमुख रावतले प्रेस कन्फ्रेन्समा भनेका छन्-, ‘हामी पाकिस्तानको परमाणु धम्कीको जवाफ फर्काउँछौँ । पर्यो भने हामी पाकिस्तानसँग परमाणु हतियार छ भन्दैमा सीमा पार गर्न डराउँदैनौँ ।’

भारतीय सेनाको भनाईप्रति पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतबाट हुने कुनै पनि हमलाको सामना गर्न आफूहरु तयार रहेको बताएका छन् । 

पाकिस्तानी सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले भारतलाई चेतावनी दिँदै भने-, ‘उनीहरु के गर्न चाहन्छन् यो उनीहरुको कुरा हो । यदि हाम्रो धैर्यताको परीक्षा लिन चाहन्छन् भने त्यसको परिणाम भोग्न उनीहरु तयार भए हुन्छ ।’

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले रावतको टिप्पणी कुनै पनि सेना प्रमुखले गर्ने जस्तो पनि नभएको बताए । उनले सेना प्रमुख जस्तो व्यक्तिलाई यस्तो टिप्पणी गर्न सोभा नदिने समेत बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक