१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवाधिकार विशेष समाधीक्षक सोमबार नेपाल आउँदै

१४ माघ २०७४, आईतवार ११:५०

माघ १४, काठमाडौँ | नेपाल सरकारको निमन्त्रणामा प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा सोमबार यहाँ आउँदै हुनुहुन्छ । 

आप्रवासी कामदारको अधिकार र सुविधाप्रति नेपाल सरकार प्रतिबद्ध रहेको तथा उनीहरुको मानवाधिकार संरक्षणमा संवेदनशील रहेको सन्देश उहाँको भ्रमणबाट प्रवाह हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई बताउनुभयो । 

“सीमित क्षमता भएको अल्पविकसित हाम्रो मुलुक एक दशक लामो द्वन्द्वपछि राजनीतिक स्थायित्व र विकासतर्फ उन्मुख भइरहेका बेला विशेष समाधीक्षकलाई भ्रमणका निम्ति आमन्त्रण गर्नु हाम्रा लागि महत्वपूर्ण छ”, उहाँले भन्नुयो, “नेपाल सरकारले राष्ट्रसंघीय मानवाधिकार परिषद् र उक्त विश्व संस्थाका संयन्त्रहरुमा नेपालले सधैँ रचनात्मक साझेदारी एवं सहयोग गर्दै आएको छ ।” 

विशेष समाधीक्षक मोरालेससहित अन्य दुई समाधीक्षकलाई नेपाल सरकारले आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता पौड्यालले यसबाट मानवाधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध रहेको दर्शाउँछ भन्नुभयो । 

आप्रवासी कामदार शोषणमुक्त हुनुपर्ने, ठगी नियन्त्रणमा नेपाल सरकारले गम्भीर भएर कारबाही गरेको, वैदेशिक रोजगारीका नाममा हुन सक्ने मानव तस्करी नियन्त्रणका निम्ति नेपालका कानून कार्यान्वयन गर्ने निकाय सक्षम एवं प्रभावकारी रुपमा कार्यसम्पादन गर्न समर्थवान छन् भन्ने सन्देश प्रवाह गर्नु भ्रमणको अर्को उद्देश्य भएको उहाँले बताउनुभयो । 

भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको अधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय, आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ति तथा तिनका परिवारसँग विचारविमर्श गरिने कार्यक्रम छ । 

भ्रमण उपयोगी तुल्याउन परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय, सहजीकरण र सहयोग गरिरहेको जानकारी दिँदै प्रवक्ता पौड्यालले वैदेशिक रोजगारीमा जाने कामदारको अधिकार सुरक्षाका लागि नेपाल सरकारले नीतिगत, कानूनी एवं संस्थागत व्यवस्था गरेको स्थलगत रुपमा विशेष समाधीक्षकले जानकारी लिने बताउनुभयो । 

विशेष समाधीक्षक मोरालेसले आगामी जेठ÷असारमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । स्वतन्त्ररुपमा प्रस्तुत हुने उक्त प्रतिवेदनमा उहाँले नेपाली प्रवासी कामदार विश्वका कुनै पनि मुलुकमा शोषणमा पर्न नहुने तथा उनीहरूमाथिका दमन र अत्याचारविरुद्ध आवाज उठाउँदै आप्रवासी कामदारका मानवाधिकार संरक्षणमा जोड दिने अपेक्षा गरिएको छ । 

यसैबीच जेनेभाबाट मानवाधिकार परिषद्ले जारी गरेको वक्तव्यमा विशेष समाधीक्षकले नेपाल भ्रमणको आमन्त्रण पाएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ । 

उहाँले दैनिक एक हजार ६०० नेपाली वैदेशिक रोजगारीका निम्ति बाहिरिने गरेको र देशको कूल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतको विप्रेषण योगदान रहेका सन्दर्भमा आफ्नो नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार