२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको मच्छेबहालमा सुरक्षागार्डको खुकुरी प्रहार गरी हत्या

२०७४, १५ माघ सोमबार ०४:००

माघ १५, काठमाडौँ । काठमाडौंको मच्छेबहालमा गए राती एक जना सुरक्षागार्डको खुकुरी प्रहार गरी हत्या भएको छ ।

दोलखा मावापौवा २ स्थायी घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको हो। उनी इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए। तामाङ ड्युटीमै रहेका बेला उनको हत्या भएको प्रहरीले जनाएको छ।

इन्द्रचोक सडकखण्डमा पर्ने मच्छेबहालमा राती करिब १ बजे तामाङ अचेत अवस्थामा फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो। उपचारको क्रममा पौने २ बजे तामाङको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।

तामाङको टाउको र हिपमा धारिलो हतियारले काटेको गहिरो चोट छ। अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। तर हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै