2026-06-29 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हिन्दु धर्ममा ‘१०८’ अङ्को महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ

 

कुशल श्रेष्ठ

कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ?

 

हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत्व रहेको छ। अझै शास्त्रविदहरू त के पनि भन्छन् भन्दा ‘कुनै पनि मन्त्र जप गर्दा होस् या पूजा पाठ गर्दा होस्, फल पाउनको लागि १०८ दाना भएकै रुद्राक्षमालाले जप गर्नुपर्छ।

यी सबै तथ्यहरू सुन्दा अब तपाईँको मनमा पनि हलुका खुल्दुली भैसक्यो होला कि ‘हिन्दु धर्ममा १०८ को महत्व के छ त?

आउनुहोस्, जानौँ के रहेछ त १०८ को महत्व?

  • सर्वप्रथम त, सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ। अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ।
  • पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ।
  • आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’हरू हुन्छन्।
  • हिन्दु धर्ममा शक्तिशाली ठानिने ‘श्रीयन्त्र’मा भएका रेखाहरू ५४ ठाउँमा प्रतिच्छेदन (Intersect) हुन्छन्, जसको आ-आफ्नै शिव र शक्ति गुण हुन्छ। अनि त्यसको कुल निकाल्दा १०८ हुन जान्छ।
  • ज्योतिषशास्त्रका अनुसार, १२ नक्षत्र (राशि) र ९ ग्रहहरू हुन्छन्, जसलाई गुणा (Multiply) गर्दा १०८ हुन आउँछ।
  • तान्त्रिकविद्याका अनुसार, एक व्यक्तिले एक दिनमा करीब २१,६०० पटक स्वास फेर्ने अनुमान गरिएको छ, जसमध्ये १०,८०० लाई सौर्य ऊर्जा र १०,८०० लाई चन्द्र ऊर्जा मानिन्छ। १०,८०० लाई १०० ले भाग गर्दा १०८ हुन्छ।
  • हिन्दु धर्मका प्राचीन साधु ‘भरत’ले ‘नाट्य शास्त्र’ रचेका थिए, जसमा १०८ करणहरू छन्। (करण:- हात र खुट्टाको चाल)
  • संस्कृत भाषामा ५४ वटा अक्षरहरू छन्, जसको आफ्नै शिवपक्ष र शक्तिपक्ष हुन्छन्। जसको कुल निकाल्दा १०८ अक्षरहरू हुन आउँछन्।
  • हिन्दु धर्ममा १०८ पुराणहरू र १०८ उपनिषदहरू छन्।
  • ९ र १२ को गुणा गर्दा १०८ हुन्छ र विश्वका अनेकौँ परम्परामा यी दुवै ९ र १२ अङ्कको विशेष महत्व रहेको पाइएको छ।
  • अङ्गगणितमा १, २ र ३ को पावरलाई जोड्दा १०८ हुन्छ:-
    १ को पावर १ = १
    २ को पावर २ = ४
    ३ को पावर ३ = २७ र
    १, ४ र २७ को गुणा गर्दा १*४*२७ = १०८ हुन्छ।
  • संस्कृत भाषाको गणितमा ‘हर्शद अङ्क’ भन्ने हुन्छ, जसको अर्थ हुन्छ:- यस्तो मूलाङ्क (Integer) जसलाई त्यसैको अङ्कसङ्ख्या (Digit)ले भाग गर्दा मूलाङ्क नै आउँछ। हर्शद अङ्कको एउटा राम्रो उदाहरण भनेकै १०८  हो।
अभिलाषा
  • हिन्दु शास्त्रका अनुसार, नश्वर प्राणीमा १०८ वटा सांसारिक अभिलाषाहरू हुने ठानिन्छ।
असत्य
  • शास्त्रका अनुसार, मानवजातीले बोल्ने असत्य कुराहरूको १०८ प्रकार भएको ठानिन्छ।
अज्ञानता
  • मानवजातिका १०८ अज्ञानता हुन्छन् भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।
हृदयचक्र
  • अध्यात्मवादका अनुसार, मानिसको शरीरमा हजारौँ शक्तिरेखाहरू हुन्छन् र त्यसको प्रतिच्छेदन भएको विन्दुलाई नै ‘चक्र’ भनिन्छ। अनि हाम्रो मुटुनेर हुने हृदयचक्र १०८ वटा शक्तिरेखाहरू मिलेर बनेका हुन्छन्, जसमध्ये एक रेखा ‘सुषुम्ना’ शिरचक्रतर्फ फैलिएको हुन्छ। आत्मज्ञान प्राप्त गर्नको लागि यहि शिरचक्रलाई महसुस गर्नुपर्छ भन्ने अध्यात्मशास्त्रीहरू विश्वास गर्दछन्।108 padmasana
प्राणायं
  • यदि कोहि व्यक्ति ध्यानमा तल्लीन भएर दिनमा केवल १०८ पटक मात्रै सास फेर्न सक्षम हुन्छ भने उसले बुद्धत्व प्राप्त गर्नसक्ने अध्यात्मशास्त्रमा उल्लेख गरिएको छ।
पञ्चभूत
  • भनिन्छ, यो ब्रह्माण्ड पञ्चभूतले बनेको छ:- जल, वायु, अग्नी, धर्ती र आकाश। हिन्दु शास्त्रमा यी ५ तत्वलाई ‘पञ्चभूजाकार’ (Pentagon) मा राखिएको छ। अनि पञ्चभूजाकारको प्रत्येक कुनाको कोण १०८ डिग्री हुन्छ।
काल
  • यो पनि भनिन्छ कि मानवजातिमा १०८ प्रकारका भावनाहरू हुन्छन्:- ३६ प्रकार भूतसँग जोडिएका, ३६ प्रकार वर्तमानसँग जोडिएका र ३६ प्रकार भविष्यसँग जोडिएका।
गङ्गा नदी
  • महाभारत क्षेत्रमा बग्ने पवित्र नदी ‘गंगा’ पृथ्वीको १२ डिग्री देशान्तर (longitude) र ९ डिग्री अक्षांश (latitude) मा फैलिएको छ। अनि १२ र ९ लाई गुणा गर्दा १०८ हुन आउँछ।
१, ० र ८
  • हिन्दु धर्मका पुराणका अनुसार, १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान अर्थात सम्पूर्णता र ८ लाई अनन्त ज्ञानको प्रतीक मानिन्छ।
चाँदी र चन्द्रमा
  • ज्योतिषशास्त्रमा धातु चाँदीलाई चन्द्रमाको प्रतीक मानिन्छ र रसायन शास्त्रका अनुसार चाँदी (Silver – Ag) को परमाणविक तौल (Atomic Weight) १०८ हुन्छ।
अङ्कसीमितता
  • १०८ को १ र ८ लाई जोड्दा ९ हुन्छ र गणितशास्त्रमा प्रमुख अङ्क अर्थात मूलाङ्क केवल ९ सम्म मात्रै सीमित हुन्छ:- ०, १, २, ३, ४, ५, ६, ७, ८, ९
ध्यान
  • अध्यात्मवादका अनुसार, ध्यान गर्ने जम्मा १०८ तरिका हुन्छन्।
मेरु वा सुमेरु
  • रुद्राक्ष मालाको टुप्पामा हुने एउटा दाना, जहाँबाट गन्न सुरु गरिन्छ, जुन १०८ मा पर्दैन, त्यसलाई सुमेरु अथवा मेरु भनिन्छ। यसको मतलब हुन्छ, आदि पनि त्यहि अन्त्य पनि त्यहि।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ