2026-09-19 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ११औँ किराँत महोत्सव शुरु

माघ १५, भद्रपुर । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११औँ किराँत महोत्सव भद्रपुरमा शुरु भएको छ । 

निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ । 

महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित ११ स्टल रहेका छन् । 

मेला संयोजन समितिका संयोजक जीवन सुब्बाले दिएको जानकारीअनुसार पुस २७ गतेबाट शुरु भएको महोत्सव यही माघ २९ गते समापन हुनेछ । महोत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेशभूषा, हातहतियार प्रदर्शन भइरहेको संयोजक सुब्बाले जानकारी दिनुभयो । 

भद्रपुर–८ का वडाध्यक्ष तथा किराँत कल्याण समितिका पूर्वअध्यक्ष गौरव सुब्बा (मनोज) का अनुसार सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी बन्नेछ । 

एघारौँ महोत्सवसम्म आइपुग्दा समितिले रु एक करोड २५ लाख खर्च गरेर तीनतले सुविधा सम्पन्न सामुदायिक भवन बनाउन सफल भएको जानकारी दिनुभयो । वडाध्यक्ष सुब्बाका अनुसार रु २५ लाख जति खर्च गर्न सके भवनको सम्पूर्ण निर्माण पूरा हुनेछ, जसका लागि महोत्सवको सहयोग लिइएको हो भन्नुभयो । 

किराँत कल्याण समितिकी अध्यक्ष सुमन राई भन्नुहुन्छ, “सुविधा सम्पन्न सामुदायिक भवनलाई पार्किङस्थल आवश्यक परेकाले भवनसित जोडिएको एक कट्ठा जग्गा खरिद गर्नैपर्ने बाध्यता छ, जसका लागि पनि महोत्सव रोज्नु परेको हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई