माघ २५, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालीका २ वनहरा नदीको पुलम बा १३च ३९०४ नम्बरको जीपले ठक्कर दिदा विहीवार पैदल यात्रु अन्ताजी ३० बर्षिय हजारी विकको मृत्यु भएको छ ।

विकलाई उपचारका लागि महाकाली अञ्च अस्पताल तर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले बताए ।

मृतको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिने जीप र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन ।