४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुन वाणिज्य बैंकले कति बाँड्यो बोनस, ७ बैंकले अझै गरेनन् घोषणा

१४ फाल्गुन २०७४, सोमबार ०९:४२

फागुन १४, काठमाडौँ । नेप्सेमा सूचीकृत रहेका २७ वाणिज्य बैंकमध्ये २० बैंकले गतबर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन भने धेरैजसो बैंकले साधारणसभा समेत सम्पन्न गरिसकेका छन् । तर अझै पनि सात वाणिज्य बैंकले भने लाभांश घोषणा र साधारण सभा आह्वान गरेका छैनन् ।

आर्थिक बर्ष सुरु भएको ६ महिनाभित्र सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारणसभा सम्पन्न गरीसक्नु पर्ने कानुनी व्यवस्था छ । तर आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा आधा दर्जन वाणिज्य बैंकले साधारण सभा राख्न सकेका छैनन् ।

धेरै जसो बाणिज्य बैंकले गतबर्षको मुनाफाबाट लाभांश प्रस्तावगरी साधारणसभा समेत सम्पन्न गरिसकेका छन् । केही बैंकहरुले दिएको बोनस लगानीकर्ताको डिम्याट खातामा जम्मा भएर पनि दोस्रो बजारमा कारोबारमा आईसकेको छ ।


गत बर्षको मुनाफाबाट सबैभन्दा बढी स्ट्यार्न्डड चार्टर्डले शतप्रतिशत बोनस दिएको छ भने सबैभन्दा कम सेञ्चुरी बैंकले पाँच प्रतिशत बोनस दिएको छ । अधिकांश बैंकले १० देखि २० प्रतिशतको बीचमा बोनस दिएका छन् ।

तर अझै पनि केही बैंकहरुले साधारण सभा नबोलाउदा सेयर लगानीकर्ताहरु अलमलमा परेका छन् । अहिलेसम्म लाभांश घोषणा नगर्नेमा बैंक अफ काठमाण्डू, सिभिल बैंक, कुमारी बैंक, नेपाल बैंक, एनसीसी बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन् ।

जसमध्ये नेपाल बैंक, एनसीसी बैंक र प्रभु बैंक गत बर्षको कमाईबाट लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । यी बैंकहरूकाे सञ्चित जगेडा नाेक्सानी रहेका कारण बोनस वितरण गर्न सक्ने अवस्थामा छैनन् । अन्य बैंकले लाभांश दिन सक्ने भएपनि घोषणा गरेका छैनन् । नेपाल बैंकले भने एफपिओ प्रस्ताव गरेर साधारण सभा बोलाएको छ ।

तोकिएको समयमा लाभांश प्रस्ताव गरी साधारण सभा नगर्ने कम्पनीलाई नियमनकारी निकायले कडा कारबाही नगर्दा कम्पनीहरुको लगानीकर्ताप्रति कम उत्तरदायी बन्दै गएको देखिएको छ । -मेरोलगानीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता