2026-09-13 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै

फागुन १४, वीरगन्ज | गाई–भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । 

आव २०७२÷७३ को तुलनामा आव २०७३÷७४ मा जिल्लामा गाई–भैँसीमा कृत्रिम गर्भाधान २४ प्रतिशतले वृद्धि भएपछि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले जानकारी दिनुभयो । 

जिल्लामा करिब सत्तरी हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् । आव २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको साहले बताउनुभयो । दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हँुदै आएको छ । 

उत्पादित मध्ये दैनिक ४० हजार लिटर दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर र सप्तरीमा बिक्री हुँदैआएको छ । जिल्लाबाट दैनिक रु पाँच लाख मूल्य बराबरको १० हजार लिटर दूध भारतमा बिक्री हुन्छ । जिल्लामा ६८ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रहेका छन् भने अघिल्लो आवमा रु तीन अर्ब १५ करोड २६ लाख ५० हजार बराबरको ६ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो । 

कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण कार्यक्रम, दूध प्रशोधनका लागि सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्यास निर्माण, साइनो किट निर्माण, डेरी सुधार र घाँस बाली कार्यक्रमका लागि अनुदान दिन थालेपछि जिल्लामा यस वर्ष ३ दशमलब ६ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत साहले बताउनुभयो । 

चालीस वटा डेरी उद्योग रहेको जिल्लाको पूर्वी तथा दक्षिणी भेग गाई–भँैसी पाल्ने पकेट क्षेत्रका रुपमा चिनिन्छ । पशु प्रजनन (प्राकृतिक र कृत्रिम गर्भाधान), घाँस तथा पशु आहारा विकास, पशु स्वाथ्य सेवा र बजार प्रवद्र्धनलगायत सेवा प्रदान गर्दै आएको छ । 

गाई–भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशु सेवा कार्यालयले सुदूर ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमा पशु सेवासम्बन्धी प्याकेज कार्यक्रम पु¥याउँदै आएको छ । कार्यालयले आगामी कार्यक्रमअन्तर्गत सदरमुकाम कलैया वरिपरिको १० किलोमिटर क्षेत्रलाई दूधको शहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन